देवघाटको बेणी संगमको वरपर सरसफाई

Devghat Online

शेयर गरौ

देवघाट, माघ २

देवघाट गाउँपालिका–५ स्थित त्रिशुली र कालिगन्डकी नदीको संगम वेणी संगममा सशस्त्र प्रहरीले सरसफाई गरेका छन् । मकर सक्रान्ति मेलामा आएका भक्तजनबाट उक्त वेणी संगममा गरिएको फोहोर भानु नपा–२ स्थित सशस्त्र प्रहरी वल नेपाल नम्बर २३ गण हेडक्वाटर मनकामना गण आएका सशस्त्र प्रहरीले बुधबार बिहान संकलन गरेका थिए ।

२४ औं सशस्त्र प्रहरी दिवशको अवसरमा उक्त गणका सशस्त्र प्रहरी निरीक्षक राम खड्काको नेतृत्वको टोलीले वेणी संमग, कालिगन्डकी र त्रिशुली नदीको किनार तथा गलेश्वर आश्रम परिसरमा सरसफाई गरेका थिए ।

सो सरसफाइ कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापा तथा देवघाट क्षेत्र विकास समितिका स्वयंमसेवको पनि उपस्थितीमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले