मुक्ति समाज व्यास नगर कमिटिको अध्यक्षमा सुनार

Devghat Online

शेयर गरौ

दमौली, माघ ४

नेपाल उत्पीडित जातिय मुक्ति समाज व्यास नगर कमिटिको अध्यक्षमा गोविन्द सुनार चयन भएका छन् । शुक्रबार दमौलीमा सम्पन्न दोश्रो समाजको ब्यास नगर कमिटीको अधिवेशनले सुनारको अध्यक्षतामा २१ सदस्यिय कमिटि सर्वसम्मतीले चयन गरेको छ ।

समाजको उपाध्यक्षमा चेतना परियार र रिखुराम विक, सचिवमा दुर्गा बहादुर नेपाली, उपसचिवमा सर्मिला नेपाली र इन्द्र बहादुर सुनार तथा कोषाध्यक्षमा दिपक बोहरा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा याम बहादुर विक, कमल सुनार, पुनम नेपाली, रामु बराली, विभा माया मझाकोटी, रुपा नेपाली, चन्द्रा घमेल र अनिता नेपाली रहेका छन् । बाँकी ६ सदस्य भने पछि मनोनित हुने बताईएको छ ।

 

उक्त अधिवेशनको नेकपा एमालेका केन्द्रीय सदस्य तथा मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर वि.पौडेलले उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा एमाले पोलिट्व्युरो सदस्य तथा मुक्ति समाजका इन्चार्ज जितु गौतम, एमाले केन्द्रीय सल्लाहाकारहरु एकबहादुर राना र प्रतापलाल श्रेष्ठ, जिल्ला अध्यक्ष हरिराज कडेंल, सचिव प्रदिपराज अधिकारी, मुक्ति समाजका केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज मोहन विश्वकर्मा, मुक्ति समाज प्रदेश कमिटी उपाध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटी सदस्य डिना गोतामे, मुक्ति समाजका जिल्ला अध्यक्ष भरत लामगादे, मुक्ति समाजका प्रदेश कमिटी सदस्य विनोद कुमार विक, नेकपा एमाले ब्यास नगर कमिटीका अध्यक्ष तुल्सीराम पाण्डे, भानु नगरपालिका कार्यपालिका सदस्य एवं मुक्ति समाज भानु नगर कमिटिकी सचिव कमरेड सर्मिला विक लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

 

नगर कमिटिका संयोजक गोविन्द सुनारको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपसंयोजक रिखु राम विकले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सन्चालन मुक्ति समाज भिमाद नगरकमिटीका अध्यक्ष सालिकराम गहतराजले गरेका थिए । उक्त कार्यक्रममा २ सय जनाको उपस्थिती रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु