वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ८५ लाख ठगी गर्ने तनहुँका दुई जना पक्राउ

Devghat Online

शेयर गरौ

काठमाडौं, माघ ४

आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा बेलायत र दुबई पठाइदिने भन्दै झन्डै ८५ लाख रुपैयाँ ठगी गर्ने तनहुँ घर भएका दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा तनहुँको बन्दीपुर गाउँपालिका–२ घर भई काठमाण्डौ महानगरपालिका–२६ बस्ने २३ वर्षीया सञ्जिता गुरुङ र तनहुँकै भीमाद नगरपालिका–१ घर भई काठमाण्डौ–६ बौद्ध बस्ने ५० वर्षीय रेशमराज लामिछाने रहेका छन् ।

सञ्जिताले बेलायत पठाइदिने भन्दै दुई जनाबाट ६० लाख ८९ हजार र रेशमराजले दुबई पठाइने भन्दै ११ जनाबाट २४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको