मादी नदीमा पुल निर्माणः ५८ प्रतिशत भौतिक प्रगति

Devghat Online

शेयर गरौ

दमौली, माघ १२

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको मादी नदीमाथि ‘आर्क डिजाइन’ को पुल निर्माण तिब्र गतिमा भईरहेको छ । मुग्लिन–पोखरा सडक खण्डको व्यास नगरपालिका–४ र ५ को चापाघाट जोड्ने मादी नदीमाथि गत वर्षबाट पुल निर्माण थालिएको थियो ।

पुलको हालसम्म करिब ५८ प्रतिशत भौतिक प्रगति भएको मुग्लिन–पोखरा सडक विस्तार आयोजना पुर्वी खन्डले जनाएको छ । आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले हालसम्म ५८ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । पुल निर्माण सुरु भएसँगै हालको सडक डिभिजन कार्यालय विस्थापित हुने भएको छ ।

उक्त पुलमा ६ वटा स्पान हुने आयोजना कार्यालयले जनाएको छ । तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । उक्त पुलको ठेक्का जेडआईष्ट अन्नक जेभीले पाएका छन् । पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ ।

हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुल भन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ । आगामी माघ महिना भित्र पुल निर्माण सम्पन्न भएर सन्चालन आउने मुग्लिन–पोखरा सडक विस्तार आयोजना पुर्वी खन्डका इन्जिनियर पाण्डेले दावी गरे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता