म्याग्दे गाउँपालिकाले मजदुर सञ्चित कोष कार्यान्वयन गर्ने

Devghat Online

शेयर गरौ

दमौली, माघ १३

तनहुँको म्याग्दे गाउँपालिकाले मजदुर सञ्चित कोष कार्यान्वयन गर्ने भएको छ । जीवनभर अर्काको लागि श्रम गर्ने तर अप्ठ्यारो परेको बेला कोही नहुने तथा आर्थिक अवस्था कमजोर हुने विपन्न मजदुर वर्गलाई लक्षित गरी गाउँपालिकाले मजदुर सञ्चित कोष कार्यान्वयन गर्ने भएको हो ।

दैनिक ८ सय देखि १५ सयसम्म आम्दानी गर्ने भए पनि न्यून वचतका कारण संकटको अवस्था सामाना गर्न असहज हुने तथा शिक्षा, स्वास्थ्य, आवास लगायतका मानवीय एवं सामाजिक विकासको अवस्था कमजोर भएका मजदुर वर्गका लागि यो ‘म्याग्दे गाउँपालिकाको मजदुर सञ्चितकोष सञ्चालन कार्यविधि २०८१’ कोषको स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।

आर्थिक अवस्था कमजोर हुने मजदुर वर्गलाई लक्ष्य गरी गाउँपालिकाले मजदुर सञ्चित कोष कार्यान्वयनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । उक्त कोष कार्यान्वयनमा ल्याउने म्याग्दे गाउँपालिका गन्डकी प्रदेशको दोश्रो र तनहुँको पहिलो स्थानीय तह हो । यस अघि स्याङजा जिल्लाको फेदिखोला गाउँपालिकाले उक्त कोष कार्यान्वयनमा ल्याएको थियो ।

पालिकाको मजदुर सञ्चितकोष सञ्चालन कार्यविधि बमोजिम पालिका भित्रका १८ देखि ५९ वर्षका दैनिक ज्यालादारीमा काम गर्ने विपन्न मजदुरलाई लक्ष्य गरी कोष स्थापना गरिएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठका अनुसार गाउँपालिकाले आफ्नै घर भएन भएको, परिवारमा रोजगार छ÷छैन आश्रित परिवारको संख्या लगायतलाई मजदुर छनौटका आधार तयार पारेको छ । कोषमा सूचीकृत हुन चाहानेले नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजका २ प्रति फोटोसहित सम्बन्धित वडा कार्यालयहरुमा आगामी माघ २८ गते भित्र निवेदन दिन अनुरोध गाउँपालिकाले अनुरोध गरेको छ ।

सूचीमा सूचीकृत मजदुरमात्र उक्त सञ्चय कोषमा आवद्ध हुन पाउने छन् । सूचीकृत मजदुरले सार्वजनिक विकास निर्माणका काममा संलग्न हुँदा प्राप्त गर्ने ज्याला रकम अनिवार्य रुपमा बैंकिङ प्रणालीबाट भुक्तानी प्राप्त गर्ने छन् । भुक्तानीको क्रममा रकम ज्यालाबाट १५ प्रतिशत कट्टा गरेपश्चात् पालिकाका तर्फबाट १५ प्रतिशत रकम चौमासिक रुपमा मजदुरको बैंक खातामा वचत गर्ने व्यवस्था छ । उक्त मजदुरले पालिकाबाट थप हुने १५ प्रतिशत रकम बाहेक स्वास्थ्य बिमा लगायतका अन्य सुविधा समेत पाउने व्यवस्था गरिएको छ ।

दैनिक ज्यालादारीमा कामगर्ने मजदुरको सम्पुर्ण आम्दानी दैनिक घर खर्चमा भएको अवस्था सगै मजदुरको वचत गर्ने वानीको विकास गर्न तथा श्रमिक वर्गलाई सामाजिक सुरक्षाको प्रत्याभुती गराउन उक्त कोष कार्यान्वयनमा ल्याएको अध्यक्ष श्रेष्ठले बताए । श्रमिकको सम्भावीत आर्थिक संकटको जोखीम कम गर्दै, मजदुरका परिवारको शिक्षा, स्वास्थ्य, आवास, पोषण, मर्यादित रोजगारी , सम्मानपुर्वक जिवनयापन, वचतको परिचालन, श्रमको सम्मान, उत्पादनकत्व अभिवृद्धि, सामाजिक आर्थिक विभेद अन्त्य गरि विकास निर्माणमा स्थानीय मजदुर लाई प्राथामीक्ता दिने उद्देश्यका साथ उक्त कोष कार्यान्वयन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

पारिश्रमीक लिई शारीरिक काम गर्ने १८ देखी ५९ वर्षको उमेर समुहका सार्वजनीक विकास निर्माण अन्र्तगत गाउँपालिका भित्र सञ्चालन गरिने सम्पुर्ण विकास निर्माण कार्यमा सग्लग्न श्रमीक मजदुरहरु यो कोषमा आवद्ध हुन सक्नेछन् । कोषमा आवद्ध हुन म्याग्दे गापाको स्थायी वासीन्दा हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानललाई कारवाहीकोलागि साइबर ब्युरोमा पत्राचार

काठमाडौँ, माघ २५ प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१

देवघाट महा–महोत्सवमा सांसद न्यौपानेः देवघाटप्रति सारा नेपालीले गर्व गर्छन्

देवघाट, माघ २५ नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले देवघाटप्रति सारा नेपालीले

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता