विष्णु मगर । देवघाट, माघ १३
देवघाट गाउँपालिका–५ स्थित बराह आधारभुत विद्यालयका विद्यार्थीहरुलाई आइतबार न्यानो कपडा वितरण गरिएको छ ।
डा.केशवराज भुतेल,डा. शशी पन्त, डा.अजय पन्तको आर्थिक सहयोग तथा रोटरी क्लव अफ नारायणीको समन्वयमा उक्त विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले पछिल्लो समयमा बराह आधारभुतको शैक्षिक गुणस्तर देखेर खुसि व्यक्त गर्दै अन्त पनि वराह आधारभुतको उदाहरण दिएको गुरुङले बताए । वराह आधारभुत विद्यालयमा पिउने पानी निशुल्क गराउन खानीपानीलाई अनुरोध गर्दै खानेपानी उपभोक्ता समितिले निशुल्क नगरे आफैले व्यक्तिगत शुल्क दिने उपाध्यक्ष गुरुङले बताए ।
सो कार्यक्रममा देवघाट गाउपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्ण वहादुर कुँवरले बालबालिकाको शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षको मात्र हात नभइ परिवार र समाजको पनि जिम्मेवार रहेको बताए । उनले बालबालिकाको पढाइमा सबैले साथ दिन पर्ने बताए । सो कार्यक्रममा देवपुर टोलबिकासका अध्यक्ष सुकुलाल गुरुङले बराह आधारभुतको शैक्षिक गुणस्तर भएको हुदा अरु विद्यालयले पनि देखासिकी गर्नुपर्ने बताए । उनले विद्यालयमा अध्ययन गराउने शैली फरक भएको हुदा यस विद्यालयका विद्यार्थीको पढाइ राम्रो भएको बताए ।
सो कार्यक्रममा विद्यालयका प्रअ सोम बहादुर थापाले आफू २ वर्ष अगाडि आउदा यहाँको विद्यार्थी संख्या ६० जना रहेको र अहिले २ वर्षमा ८५ जना संख्या पुगेको बताए । अबको १ वर्षमा १ सय जना विद्यार्थी संख्या पुर्याउने प्रअ थापाले बताए । उनले विद्यालयलाई देवघाटको विद्यालयमा नमुना विद्यालय बनाउने लक्ष्य भएको बताए । उक्त कार्यक्रममा स्वागत मन्तव्य सीता अधिकारीले गरेकी थिइन् भने कार्यक्रम सन्चालन धन माया गुरुङले गरेकी थिइन् । उक्त कार्यक्रममा शिक्षक अभिभावक संघका सदस्य डिल बहादुर गुरुङ र ऋषीराम सुवेदी उपस्थिति रहेको थियो ।