बराह आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, माघ १३

देवघाट गाउँपालिका–५ स्थित बराह आधारभुत विद्यालयका विद्यार्थीहरुलाई आइतबार न्यानो कपडा वितरण गरिएको छ ।
डा.केशवराज भुतेल,डा. शशी पन्त, डा.अजय पन्तको आर्थिक सहयोग तथा रोटरी क्लव अफ नारायणीको समन्वयमा उक्त विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले पछिल्लो समयमा बराह आधारभुतको शैक्षिक गुणस्तर देखेर खुसि व्यक्त गर्दै अन्त पनि वराह आधारभुतको उदाहरण दिएको गुरुङले बताए । वराह आधारभुत विद्यालयमा पिउने पानी निशुल्क गराउन खानीपानीलाई अनुरोध गर्दै खानेपानी उपभोक्ता समितिले निशुल्क नगरे आफैले व्यक्तिगत शुल्क दिने उपाध्यक्ष गुरुङले बताए ।

सो कार्यक्रममा देवघाट गाउपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्ण वहादुर कुँवरले बालबालिकाको शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षको मात्र हात नभइ परिवार र समाजको पनि जिम्मेवार रहेको बताए । उनले बालबालिकाको पढाइमा सबैले साथ दिन पर्ने बताए । सो कार्यक्रममा देवपुर टोलबिकासका अध्यक्ष सुकुलाल गुरुङले बराह आधारभुतको शैक्षिक गुणस्तर भएको हुदा अरु विद्यालयले पनि देखासिकी गर्नुपर्ने बताए । उनले विद्यालयमा अध्ययन गराउने शैली फरक भएको हुदा यस विद्यालयका विद्यार्थीको पढाइ राम्रो भएको बताए ।

सो कार्यक्रममा विद्यालयका प्रअ सोम बहादुर थापाले आफू २ वर्ष अगाडि आउदा यहाँको विद्यार्थी संख्या ६० जना रहेको र अहिले २ वर्षमा ८५ जना संख्या पुगेको बताए । अबको १ वर्षमा १ सय जना विद्यार्थी संख्या पुर्याउने प्रअ थापाले बताए । उनले विद्यालयलाई देवघाटको विद्यालयमा नमुना विद्यालय बनाउने लक्ष्य भएको बताए । उक्त कार्यक्रममा स्वागत मन्तव्य सीता अधिकारीले गरेकी थिइन् भने कार्यक्रम सन्चालन धन माया गुरुङले गरेकी थिइन् । उक्त कार्यक्रममा शिक्षक अभिभावक संघका सदस्य डिल बहादुर गुरुङ र ऋषीराम सुवेदी उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर