बुद्धसिंह मार्गमा पर्ने घुमाउने लगायत अन्य पुलको निर्माण कार्यलाई गति दिन माग गर्दै बृहत प्रर्दशन

Devghat Online

शेयर गरौ

दमौली, माघ १४

बुद्धसिंह मार्गमा पर्ने घुमाउनेको पुल लगायत अन्य पाँच वटा पुलको निर्माण कार्यलाई गति दिन माग गर्दै तनहुँको व्यासको १३ र १४, बन्दिपुर, आबुँखैरेनी र देवघाट गाउँपालिकाका बासिन्दाहरुले सोमबार दमौलीमा बृहत प्रर्दशन गरेका छन् । पुलका सरोकारवाला बासिन्दाहरुले दमौलीमा प्रर्दशन गर्दै बुद्धसिंह मार्गको विभिन्न स्थानमा बन्दै गरेको वा बन्ने प्रक्रियामा रहेको पाँच वटा मोटरेवल पुलको निर्माण कार्यलाई गति दिन माग गरेका छन् ।

व्यास ३ को देउराली नगरबाट सयौंको संख्यामा ¥याली निकालेका उनीहरुले जिल्ला प्रशासन कार्यालय, पुर्वाधार विकास कार्यालय र सडक डिभिजन कार्यालय अगाडी प्रर्दशन गरेका थिए । स्थानीय बासिन्दाहरुले घुमाउनेको पुल कहिले बन्छ भन्दै प्रमुख जिल्ला अधिकारी सहित पुर्वाधार विकास कार्यालय र सडक डिभिजन कार्यालयका प्रमुखलाई प्रश्न गर्दै नारावाजी समेत गरेका थिए ।

बुद्धसिंह मार्गमा रहेको घुमाउने लगाउतका स्थानका नदी तथा खोलामा पुल निर्माणकोलागि दवाव दिन स्थानीय स्तरबाट गठित संघर्ष समितिका संयोजक सिद्धान्त गर्जा मगरले राज्यको उदासिनता र ठेकेदारको लापरवाहीको कारण घुमाउनेमा निर्माणाधिन पुल ११ वर्षदेखी अलपत्र रहेको बताए । उनले घुमाउने पुल सहित सुँढेखोला पुल, ढाँडखोला पुल, खानी खोला पुल, बगर खोला पुल र भुतखोला पुलको निर्माणमा भएको ढिलासुस्ती अब अन्त्य नभए यो भन्दा ठुलो प्रर्दशन गर्ने चेतावनी दिए ।

संघर्ष समितिका संयोजक गर्जा मगरले ग्रामिण क्षेत्रका सर्वसाधण जनतालाई जे गरेपनि हुन्छ भन्ने मानसिकताले निर्माण कार्यमा ढिलाइ भईरहेको आरोप लगाए । उनले जनजातिहरुको बस्ती रहेको स्थानमा विकास निर्माणको काममा ढिलाई भईरहेको बताए । तनहुँ जिल्लाको यस विकट भेगबाट ठूलाठूला ओहोदाका नेताहरू पाए तर जनताले प्रत्यक्ष अनुभूति हुने गरी विकास अहिलेसम्म पाउन उनले नसकेको गर्जा मगरको भनाई थियो ।

बुद्धसिंह मार्ग उपभोक्ता समितिका पुर्व अध्यक्ष विश्व बास्तोलाले घुमाउनेको पुल निर्माणमा भएको ढिलाईले राज्यको अवस्था चित्रण गर्ने बताए । उनले सरकारमा रहेकाहरु गम्भिर नहुँदा पुल निर्माण पक्षले वास्ता नगरेको आरोप लगाए । उक्त पुलको निर्माण कार्यलाई अव गति दिनु पर्ने भन्दै बास्तोलाले स्थानीय बासिन्दाहरुको विकासको अधिकारलाई कुण्ठित गर्न नपाइने बताए । केही दिन अघि संघर्ष समितिको नेतृत्वमा स्थानीय बासिन्दाहरुले घुमाउनेमा प्रर्दशन समेत गरेका थिए ।

मृत सञ्जीवनी निर्माण कम्पनी हेटौंडाले पहिलो पटक २०७० असारमा पुल निर्माणका लागि सम्झौता गरेको थियो । बारम्बारको म्याद थप र डिजाइन परिवर्तन पछि अन्तिम पटक २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा ३० प्रतिशत मात्र काम भएको छ ।

त्रिशूली नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भए पनि पछि डिजाइन परिवर्तन गरी आर्कब्रिज बनाउन लागिएको हो । अहिले सम्म त्रिशुलीको वारिपारीका फाउन्डेसन मात्र बनेका छन् । अरु काम हुनै सकेको छैन ।

पुलको चितवनको तर्फको पिल्लर र सडकका कारणले नारायणगढ मुग्लिन सडकखण्ड भासिन सक्ने भन्दै सडक आयोजनाले डिजाइनसहितको सुरक्षा प्रत्याभूतिको ग्यारेन्टी माग गर्दा काममा ढिलाइ भएको ठेकेदार कम्पनीको दावी छ । ठेकेदार कम्पनीले १० प्रतिशत पेश्कीसमेत लगिसकेको छ । पुल १ सय ५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने पुलको लागत ९ करोड ५६ लाख रुपैयाँ छ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने डिजाइनमा उल्लेख छ ।

यस अघि सडक डिभिजन दमौलीले उक्त पुलको ठेक्का तोड्ने प्रक्रिया सुरु गरेपनि उक्त प्रक्रिया त्यसै तुहिएको थियो । कार्यालयले २०८० पुस ९ गते सुचना प्रकाशन गरि ठेक्का तोड्ने बारेमा चेतावनी दिएपनि पछि उक्त प्रक्रिया त्यसै तुहिएको थियो ।

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्न पश्चात पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक