देवघाटका किशोरीहरुलाई आत्मरक्षा सम्बन्धि तालिम

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, माघ १४

देवघाटका किशोरीहरुलाई आत्मरक्षा सम्बन्धि दुई दिने तालिम सुरु भएको छ । सामाजिक विकास कार्यालय तनहुँले वडा नम्बर ५ स्थित बज्रायोगिनी माविमा अध्ययनरत किशोरीहरुलाई आत्मरक्षा सम्बन्धि तालिम दिईएको हो ।

सो कार्यक्रमको उद्घाटन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले यस्ता प्रशिक्षण कार्यक्रमहरु देवघाट गाउँपालिकामा मात्र नभइ हरेक क्षेत्रमा आवश्यक रहेको बताए । पछिल्लो समयमा किशोरीहरु माथि धेरै दुर्ववहार र शोषणहरु भइरहेको हुदा यस्ता कार्यक्रमहरु दिई किशोरीहरुलाइ जनचेतना तथा आत्मवल दिन आवस्यक रहेको अध्यक्ष थापाले बताए । यस्ता घटनाहरु अकल्पनीय घटना रहेको हुदा जति खेर पनि घट्न सकिन्छ त्यस्को न्यूनीकरण भनेको नै प्रशिक्षण कार्यक्रम दिनु पनि एक रहेको थापाले बताए ।

सामाजिक विकास कार्यालय तनहुँका अध्यक्ष बिदुरहरि आचार्यले पछिल्लो समयमा किशोरीहरुमाथि दुव्र्यवहारको घटना बढ्न थालेको हुँदा किशोरीहरुले स्वयं आत्मरक्षा गर्न सकुन् भन्ने उद्देश्यले तालिम दिईएको बताए ।

दुई दिनसम्म चल्ने उक्त तालिममा उक्त विद्यालयमा अध्ययनरत ८० जना छात्राहरु सहभागी छन् । तालिमका सहभागीहरुलाई इलाका प्रहरी कार्यालय तनहुँका प्रहरीहरुले तालिम दिएका छन् ।

उक्त कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने, बज्रयोगिनी माविका प्रअ केशव काफ्ले लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भर्ना अभियानलाई आकर्षक बनाउन आदिकवि भानुभक्त क्याम्पसमा भिडियो निर्माण प्रतियोगिता हुने

तनहुँ । साउन १३ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तथा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत (क्युएए)

ढोरफिर्दीमा रासायनिक मलको हाहाकारः ५ किलोका दरले बाँड्दा पनि पुगेन

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीस्थित साना किसान कृषि सहकारी संस्थामा रासायनिक मलको चरम

शुक्लागण्डकीमा भूमिसम्बन्धी सेवा सञ्चालन गर्नेबारेमा सरोकारवालासँग छलफल

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्रै भूमिसम्बन्धी सेवा सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको