देवघाटका ६४८ जना किशोरीलाई एचपिभि खोप लगाइने

Devghat Online

शेयर गरौ

देवघाट, माघ १५

देवघाट गाउँपालिकाका ६४८ जना किशोरीलाई एचपिभि खोप लगाइने भएको छ । आगामी माघ २२ देखी २५ गतेसम्म देवघाटका कक्षा ६ देखी १० सम्म विद्यालयमा अध्ययन गर्ने ६४८ तथा विद्यालय नजाने १० देखी १४ वर्ष उमेर सम्मका ९ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर निवारण गर्ने एचपिभी खोप लगाईने भएको छ ।

उक्त खोप कार्यक्रमको सबै तयारी पुरा भएको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीले बताए । यसकोलागि सबै स्वास्थ्यकर्मीलाई अभिमुखीकरकण कार्यक्रम समपन्न भईसकेको बुढाथोकीले जानकारी दिए ।

देवघाट गाउँपालिकाका ५ वटा वडाका १७ वटा खोप केन्द्रमा कक्षा ६ मा अध्ययन गर्ने १३० जना तथा कक्षा ७ देखी १० सम्म अध्ययन गर्ने ५१८ जना गरि ६४८ जना किशोरीलाई एचपिभि खोप लगाइने बुढाथोकीले बताए । त्यस्तै विद्यालय नजाने ९ जना किशोरीलाई नजिकैको स्वास्थ्य संस्थामा उक्त खोप लगाइने छ । उक्त कार्यकोलागि १७ जना स्वास्थ्यकर्मी र ३४ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने बुढाथोकीले बताए ।

प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका अनुसार तनहुँमा विद्यालय जाने १० देखी १४ वर्ष उमेर सम्मका किशोरीको संख्या १४ हजार ७८ र विद्यालय नजाने उक्त उमेर समुहका २ सय जनालाई उक्त खोप लगाइने भएको छ ।

नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलामा पाठेघरको क्यान्सर हुने, त्यसमध्ये १ हजार ३१३ जनाको उक्त रोगको कारण मृत्यु हुने गर्छ । हरेक दिन ४ जना महिलाको पाठेघरको क्यान्सरको कारण मृत्यु हुने गरेपछि सरकारले १० देखी १४ वर्ष उमेरसम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप लगाउने नीति ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता