रिटर्नी फेडेरेशन तनहुँको अध्यक्षमा पौडेल

Devghat Online

शेयर गरौ

दमौली, माघ १६

विदेशबाट फर्किएका नेपालीहरूको हकहितका निम्ति काम गरिरहेको संस्था रिटर्नि फेडेरेसन नेपाल तनहुँको अध्यक्षमा सुदिप पौडेल निर्वाचित भएका छन् । मंगलबार दमौलीमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय नर्या कार्यसमिति गठन गरेको हो।

गठित समितिको उपाध्यक्षद्धयमा मनोज भुजेल र याम बहादुर पाटा मगर, सचिवमा लाल प्रसाद तिमल्सेना, उपसचिवद्धयमा अर्जुन बहादुर अधिकारी र पदम प्रसाद बगाले र सदस्यहरुमा रमेश अधिकारी, मन बहादुर कुमाल, कृष्ण बहादुर थापा, र मिन बहादुर पाटा मगर निर्वाचित भएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय उपाध्यक्ष डा. शालिकराम बसेल रहेका थिए भने कार्यक्रमको प्रमुख वक्ताको रुपमा नेकपा एमाले जिल्ला कमिटी तनहुँका अध्यक्ष हरिराज कडेंल रहेका थिए ।

उक्त कार्यक्रममा रिटर्नी फेडरेसन नेपालकी केन्द्रीय उपाध्यक्ष अर्चना बस्नेत, सचिव बुद्धि सुवेदी, केन्द्रीय सदस्य विष्णुहरी भूगाई, नेकपा एमाले जिल्ला कमिटी सचिव प्रदिपराज अधिकारी, उपसचिव खिमबहादुर कुमाल, रिटर्नी फेडरेसन नेपाल गण्डकी प्रदेश कमिटी अध्यक्ष प्रमिला बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

रिटर्नी फेडरेसन नेपाल नेपाल कम्युनिस्ट पार्टी एमालेको जनवर्गीय संगठन हो । विदेशबाट फर्केका नेपालीहरूको ज्ञान,सिप, दक्षता र पुँजीलाई संगठित गर्दै सामाजिक, आर्थिक र राजनैतिक भविष्यलाई स्थापित गर्न उक्त संस्था क्रियाशील रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु