श्रीराम जानकी बालिका आश्रम देवघाटमा शनिबारदेखी श्रीमद्भागवत महायज्ञ हुने

Devghat Online

शेयर गरौ

देवघाट, फागुन २

चितवन देवघाटमा सन्चालित श्रीराम जानकी बालिका आश्रममा शनिबारदेखी श्रीमद्भागवत महायज्ञ हुने भएको छ ।

लोककल्याण सेवा प्रतिष्ठानद्वारा सन्चालित श्रीरामजानकी बालिका आश्रमले बालिकाहरूबाट वैदिक धर्म संस्कृतिको संरक्षण, सुसंस्कारयुक्त समाज निर्माण, धार्मिक जागरण ल्याउने तथा बालिका आश्रमको अधुरो भवन निर्माण सम्पन्न गर्ने तथा अक्षयकोष स्थापना गर्ने उद्देश्यले फाल्गुण ३ गते शनिबारदेखि ९ गतेसम्म आश्रमका बालिकाहरूबाट ८१ औं अनुष्ठानको रुपमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको हो ।

१५ वर्ष अघि स्थापना भएको लोककल्याण सेवा प्रतिष्ठानले देशका विभिन्न स्थानमा रहेका असहाय बालिकालाई संरक्षण गर्दै उनीहरुलाई उच्च संस्कारयुक्त बैदिक शिक्षा प्रादन गर्दै आईरहेको छ । आश्रममा दिक्षित बालिकाहरूबाट वैदिक धर्म संस्कृतिको संरक्षण, सुसंस्कारयुक्त समाज निर्माण, धार्मिक जागरणको लागि देशका विभिन्न जिल्लामा १०८ महायज्ञ अनुष्ठान आयोजना गर्ने सत्संकल्प गरिएको छ । यसैक्रममा हालसम्म ८० औं स्थानमा महायज्ञ अनुष्ठान सुसम्पन्न गरिसकिएको श्रीरामजानकी बालिका आश्रमका महासचिव रामेश्वर खनालले जानकारी दिए ।

देवघाटमा शनिबारदेखी हुने महायज्ञमा भक्तजनहरुले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको कर्ता (यजमान) बनी आफ्ना पितृहरूको उद्धार कार्य गर्न समेत सकिने आयोजकले जनाएको छ । कार्यक्रम अन्तर्गत फाल्गुन ३ गते विहान ५ः३० बजे पूर्वाङ्ग सहित ८ः०० बजे कलश यात्रा दिनको १ः३० मा उद्घाटन, दिउँसो २ः३० बजेबाट पाठपारायण र कथा प्रवचन ३ देखि ८ गतेसम्म दैनिक विहान मण्डप पूजा, ग्रह पूजा, हवन शान्तिपाठ, पितृसंकल्प ११ः३० बाट ३ः३० सम्म दिव्य कथा प्रवचन एवं भजन कीर्तन ५ गते विहान मण्डप पूजा हवन, तिर्लापण, पूर्णाहुति, विसर्जन, पूर्णाभिषेक, प्रसाद वितरण र विदाई गरिनुका साथै प्रत्येक दिन संस्थाका आजीवन सदस्य, सम्मानित सदस्य र दानदाताज्यूहरुलाई प्रमाण–पत्र एवं सम्मान पत्रद्वारा विभूषित गरिने संस्थाकी अध्यक्ष सावित्री टण्डन (सावित्री आमा) ले जानकारी दिइन् ।

समाजका प्रत्येक बालबालिकाहरुलाई धर्म, संस्कृति र संस्कार सिकाउने, श्रीरामजानकी बालिका आश्रम कन्या गुरुकुल देवघाटधामका बालिकाहरुलाई सु–संस्कार प्रदान गर्दै देशकै योग्य छोरी तयार गर्ने तथा र बालिका आश्रमको अधुरो भवन निर्माण सम्पन्न गर्ने तथा अक्षयकोष स्थापना गर्ने संस्थाको उदेश्य रहेको महासचिव रामेश्वर खनालले बताए ।

उक्त आश्रमले साहारा विहिन बालिकाहरुलाई निुशल्क रुपमा गास, वास, कपास, शिक्षा र स्वास्थ्य समेत प्रदान गरि उनीहरुको उज्वल भविष्य बनाउने काम गर्दै आईरहेको आश्रमकी अध्यक्ष सावित्री आमाले बताईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान