पोखरा, फागुन ३
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् ।
पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका हुन् ।
अर्थमन्त्री पौडेलले एआई जडित पानसमा बत्ति बालेर पोखरा भ्रमण वर्ष २०२५ लेखेको ब्यानर सार्वजनिक गर्ने क्रममा दुर्घटना भएको हो । ब्यानर दुबै साइट बेलुन झुण्डाइएको थियो । तर, उक्त बेलुन आगोमा परेपछि पड्किएको हो ।
पोखरा प्रदर्शनी केन्द्रमा उद्घाटन गर्ने क्रममा बेलुनमा आगो लाग्दा झिल्का उनीहरुलाई परेको थियो । मेयरको गालामा आगोले पोलेको र अर्थमन्त्री सामान्य घाइते भएका छन् । दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ ।