भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

Devghat Online

शेयर गरौ

चितवन, फागुन ३

भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी १५ गतेसम्म शिव, पार्वती भगवानको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने भएको छ ।

मन्दिर परिसरमा निर्माण गरिएको अष्ठोत्तरशत शिवलिङ्ग, पन्चमुखी शिव, शेषनाग, शिवपावर्ती समेतका मुर्ती, कैलाश पर्वत र नागकुन्डको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव कार्यक्रम हुने भएको कमलादेवी मन्दिर प्राकृतिक आरोग्यकेन्द्रका अध्यक्ष बुद्धिसागर भण्डारी ‘मृदुल’ ले जानकारी दिए ।

कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रको संस्थागत विकास तथा धार्मिक श्रीबृद्धिका लागि गत २०७९ चैत ८ देखी १६ गतेसम्म श्रीमद्देवीभागवत नवाल भक्तिज्ञान महायज्ञ आयोजना गरिएको थियो । उक्त महायज्ञमा संकलित रकमबाट मन्दिर परिसरमा शिव पार्वतीको मुर्ती सहित विभिन्न संरचनाहरु निर्माण गरिएको छ ।

महाशिवरात्रीको अवसरमा धार्मिक महोत्सवको आयोजना गरि उक्त सबै मुर्तीहरुको प्राणप्रतिष्ठान र पुजन कार्यक्रम आयोजना गरिएको अध्यक्ष भण्डारीले बताए । उक्त कार्यक्रममा सहभागी भई पुराण श्रवण गरि उक्त धार्मिक अनुष्ठानको सोभा बढाईदिनुहुन अध्यक्ष भण्डारीले सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध