विष्णु मगर । देवघाट, फागुन ३
देवघाटका विपन्न बालबालिकालाई स्टेशनरी वितरण गरिएको छ । वडा नम्बर ५ स्थित कालिका आधारभुत विद्यालयको समन्वयमा देवघाटका १० वटा सामुदायिक विद्यालयका विपन्न विद्यार्थीलाई सरु फाउन्डेसनले शनिबार स्टेसनरी वितरण गरेको थियो ।
उक्त कार्यक्रममा सरु फाउन्डेसनका अध्यक्ष डा.अजय न्यौपानेले शिक्षा, स्वास्थ क्षेत्रमा सस्थाले धेरै सहयोग गर्दै आएको बताए । अति विपन्न र बुवा आमा नभएका विद्यार्थीलाई यदि पढ्ने इच्छा छ भने संस्थाले उनलाइ उच्च शिक्षासम्म पढाउने अध्यक्ष न्यौपानेले बताए ।
उक्त कार्यक्रममा १८ जना विपन्न विद्यार्थीलाई स्टेसनरी वितरण गरिएको कार्यक्रम अध्यक्ष एवम कालिका माविका पुर्व विद्यार्थी मन्चका अध्यक्ष बिकास ढकालले बताए । उक्त कार्यक्रममा ढकालले स्थानिय सरकारले गर्नुपर्ने काम एउटा सस्थाले गरेको र देवघाटमा अति विपन्न भएका विद्यार्थीहरुलाइ उच्च शिक्षा दिन स्थानिय सरकारले विशेष पहल गर्न पर्ने ढकालले बताए ।
सो कार्यक्रममा कालिका आधारभुत विद्यालयका व्यवस्थापन समतिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले उक्त कार्यक्रमले अति विपन्न विद्यार्थीहरुले थप हौसला र पढ्ने साम्रगी पाउँदा पठन पाठन गर्न निकै मद्दत मिल्ने बताए । कालिका आधारभुत विद्यालयमा पढ्ने अधिकाशं विद्यार्थीहरुको पारिवारिक आर्थिक अबस्था कमजोर रहेको अधिकारीले अध्यक्ष बताए ।
उक्त कार्यक्रममा विशिष्ट अतिथि डा.सरु थापा न्यौपाने, सन्जिव बगाले,अजिता अधिकारी, सुरज पौडेल, रमेश कुमार पौडेल, आभाष टिभिका निर्देशक कोमलचन्द्र भगत, नेकपा ऐमाल जिल्ला कमिटिका सदस्य केशबचन्द्र न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।