अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा खुला कविता प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ३

महिला सशक्तिकरण सञ्चार समाज तनहुँको आयोजनामा खुला कविता प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२५ को अवसरमा मार्च ८ (फागुन २४) गते ‘महिला र श्रम’ विषयक खुला कविता प्रतियोगिता आयोजना गरिने भएको हो ।

महिला श्रमिकका हक, अधिकार तथा चुनौतीबारे जनचेतना अभिवृद्धि गर्न तथा साहित्यिक सिर्जनाका माध्यमबाट महिला सशक्तिकरण र श्रम अधिकार प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको महिला सशक्तिकरण सञ्चार समाज तनहुँकी अध्यक्ष अञ्जु दाहालले जानकारी दिइन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुने कविताहरू महिला श्रमिक, समान काममा असमान ज्याला, श्रममा महिला र पुरुषबीचको भेदभाव, महिला अधिकार, महिला सशक्तिकरण, श्रम नीति तथा कानुनजस्ता विषयमा केन्द्रित हुनुपर्ने संस्थाकी सचिव सुनिता आचार्यले जानकारी दिइन् ।

प्रतियोगिताले समान ज्यालाको अधिकार, श्रम क्षेत्रमा हुने लैङ्गिक विभेद तथा महिलाको योगदानबारे सार्वजनिक विमर्श गर्न, श्रमिक महिलाहरूको संघर्ष र सफलताका कथाहरू उजागर गर्न तथा उनीहरूलाई प्रेरित गर्दै समाजको मुख्य प्रवाहमा ल्याउन मद्दत गर्ने आयोजकको विश्वास छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान