सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्ति खेदजनकः राष्ट्रिय सभा सांसद न्यौपाने

Devghat Online

शेयर गरौ

काठमाडौं, फागुन ४

राष्ट्रिय सभाकी सांसद तथा सत्तापक्षकी मुख्य सचेतक भगवती न्यौपानेले प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र बहादुर शाहीको अभिव्यक्ति प्रति आपत्ती जनाएकी छिन् । राष्ट्रिय सभाले मिडिया काउन्सिल बिधेयक पारित गरेको सन्दर्भमा प्रतिनिधि सभाका सांसद शाहीले केही दिन अघि सामाजिक सन्जालमा राष्ट्रिय सभाका सांसदहरु बृद्धाश्रममा जानुपर्ने बेला भएको भन्दै राष्ट्रिय सभाको कुनै औचित्य नभएको उल्लेख गरेका थिए ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै मुख्य सचेतक न्यौपानेले प्रतिनिधि सभाका सांसद शाही सांसद भन्न पनि लायक नरहेको बताएकी हुन् । शाहीलाई मिडियामा उत्तेजना फैलाएर तथा यो व्यवस्थाको विरुद्धमा बोलेर सांसद भएको भन्दै न्यौपानेले तर राष्ट्रिय सभाको सांसद त्यसरी सांसद नबनेको बताइन् । ‘लामो राजनीतिक अनुभव र योगदानपछि मात्र राष्ट्रिय सभाको सदस्य बन्नु भएको छ ।’ उनले भनिन् ‘तपाई ज्ञानेन्द्र शाही जस्तो यो व्यवस्थाको विरोधमा अराजक अभिव्यक्ति दिएर सांसद बनेका होइनौं ।’ सांसद शाहीको उक्त अभिव्यक्तिको सांसद न्यौपानेले खेद व्यक्त गरिन् ।

मिडिया काउन्सिल बिधेयक २०८१ बैशाख १२ गते राष्ट्रिय सभामा दर्ता भएको, जेठ १३ गते सभामा पेश भएको, जेठ २० गते सैद्धान्तिक छफलल भएको, जेठ २८ गते समितिमा पठइाएको, माघ १८ गते सभामा पेश भएको र माघ २८ गते पारित भएको भन्दै न्यौपानेले यतिका समय लगाएर मिडिया काउन्सिल बिधेयक पास गरिएको बताइन् । उक्त बिधेयकको बारेमा सभामा सांसदहरुले ७८ वटा दफामा संशोधन हालेर व्यापक छलफल गरेर यो बिधेयक पास गरिएको उनले बताइन् ।

राप्रपाका सांसद शाहीले राष्ट्रिय सभाले मिडिया काउन्सिल बिधेयक पारित गरेपछि सामाजिक सन्जालमा वृद्धाश्रममा जानुपर्ने आदरणीय बाजेहरू राष्ट्रिय सभामा भत्ता खान गएकाले कसैले पनि लाइक सेयर र सरकारले गरेका गलत गतिविधिहरूको कमेन्ट गर्न नपाउने मिडिया काउन्सिल विधेयक पढ्दै नपढी हुबहु पास गरेको आरोप लगाएका थिए । उनले राष्ट्रिय सभाका सांसदहरुलाई यो धर्तीका लागि केही दिनका पाहुना भएका बाजेहरूले आउने पुस्ताहरूको उज्वल भविष्य कहाली लाग्दो अन्धकार बनाइदिएको आरोप लगाएका थिए । राष्ट्रिय सभाको कुनै औचित्य छैन भन्दै सांसद शाहीले वृद्धआश्रम जान लागेका बाजेहरु थन्काउने र पार्टीका कार्यकर्ताहरुलाई मनाउने थलो बन्नेको हुँदा राष्ट्रिय सभाको अन्त्य गर्नु नै अबको आवश्यकता भएको सामाजिक सन्जालमा लेखेका थिए ।

यसैविच प्रतिनिधि सभाका सदस्य एवम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)को अभिव्यक्तिप्रति राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ । आइतबार दिउँसो बसेको राष्ट्रिय सभा बैठकले शाहीले राष्ट्रिय सभाको कामकारवाहीबारे सामाजिक सञ्जाल फेसबुकमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रस्ताव पारित गरेको हो ।

पारित खेद प्रस्तावमा भनिएको छ, ‘पारित भएको विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी निज माननीय सदस्यले कपोकल्पित, झुठ र यथार्थ भन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाही र सभाका माननीय सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकोले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ । आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन निज माननीय सदस्यलाई यो सभा निर्देशनसमेत दिन्छ ।’

बैठकले सांसद शाहीलाई आगामी दिनमा अभिव्यक्ति दिदाँ गम्भिर भएर दि पनि निर्देशन दिएको छ । निर्देशनमा भनिएको छ, ‘आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन निज माननीय सदस्यलाई यो सभा निर्देशनसमेत दिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक