जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्डको उपाधी शुक्लागन्डकी नगरपालिकालाई

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ४

जिल्ला खेलकुँद विकास समिति तनहुँको आयोजनामा शनिबारदेखी दमौलीमा भएको १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधी शुक्लागन्डकी नगरपालिकाले जितेको छ । दमौली खेल मैदानमा भएको उक्त प्रतियोगितामा शुक्लागन्डकी नगरपालिकाले ८ स्वर्ण, ६ रजत र ४ कास्य सहित कुल १८ पदक जितेको छ ।

त्यस्तै ८ स्वर्ण, ५ रजत र ७ कास्य सहित कुल २० पदक जितेर दोश्रो भएको छ भने बन्दीपुर गाउँपालिकाले ३ स्वर्ण र २ रजत पदक जितेर तेश्रो स्थान हात पारेको छ ।

प्रथम हुने शुक्लागन्डकीलाई रनिङसिल्ड सहित ट्रफी प्रदान गरिएको छ भने दोश्रो र तेश्रो स्थान पाउने व्यास नपा र बन्दीपुर गाउँपालिकाई ट्रफी प्रदान गरिएको छ । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र जिल्ला खेलकुँद विकास समितिका अध्यक्ष अनिल पाण्डेले रनिङसिल्ड र ट्रफी प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक