जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्डको उपाधी शुक्लागन्डकी नगरपालिकालाई

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ४

जिल्ला खेलकुँद विकास समिति तनहुँको आयोजनामा शनिबारदेखी दमौलीमा भएको १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधी शुक्लागन्डकी नगरपालिकाले जितेको छ । दमौली खेल मैदानमा भएको उक्त प्रतियोगितामा शुक्लागन्डकी नगरपालिकाले ८ स्वर्ण, ६ रजत र ४ कास्य सहित कुल १८ पदक जितेको छ ।

त्यस्तै ८ स्वर्ण, ५ रजत र ७ कास्य सहित कुल २० पदक जितेर दोश्रो भएको छ भने बन्दीपुर गाउँपालिकाले ३ स्वर्ण र २ रजत पदक जितेर तेश्रो स्थान हात पारेको छ ।

प्रथम हुने शुक्लागन्डकीलाई रनिङसिल्ड सहित ट्रफी प्रदान गरिएको छ भने दोश्रो र तेश्रो स्थान पाउने व्यास नपा र बन्दीपुर गाउँपालिकाई ट्रफी प्रदान गरिएको छ । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र जिल्ला खेलकुँद विकास समितिका अध्यक्ष अनिल पाण्डेले रनिङसिल्ड र ट्रफी प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान