देवघाटमा एक नाले भरुवा बन्दुक सहित २ ब्यक्ति पक्राउ

Devghat Online

शेयर गरौ

देवघाट, फागुन ६

एकनाले भरुवा बन्दुक सहित तनहुँमा दुई व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवघाट गाउँपालिका वडा नम्बर ४ आँमडाँडा बस्ने ६१ वर्षिय शंखवीर गुरुङ र सोही ठाउँका ६८ बर्षीय कृष्ण बहादुर गुरुङ रहेका छन् ।

गुरुङद्वयले अबैध रुपमा भरुवा बन्दुक लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय आबुखैरेनीबाट प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीको कमाण्डमा खटिएको प्रहरीले निजहरूको घर कोठा खानतलासी गर्दा शंखवीर गुरुङले भान्सा कोठा भित्र लुकाई छिपाई राखेको एक नाले भरुवा बन्दुक थान–२ र कृष्ण बहादुर गुरुङको घरकोठा भित्र लुकाई छिपाई राखेको एकनाले भरुवा बन्दुक थान–१ बरामद गरी गुरुङद्वयलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई उपर हातहतियार तथा खरखजना मुद्दा शीर्षकमा सम्मानित तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी डिएसपी अशोक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध