मगर संघ देवघाट–५ को अध्यक्षमा खेमबहादुर

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, फागुन ७

देवघाट मगर संघ वडा नम्बर ५ को अध्यक्षमा खेमबहादुर राना चयन भएका छन् । बुधबार सम्पन्न वडा नम्बर ५ को मगर संघको अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्ष बलबहादुर ल्यायो, सचिवमा धनबहादुर मगर, कोषाध्यक्ष निस्मा थापा मगर र सहसचिवमा बल वहादुर थापा चयन भएका छन् । यस्तै सदस्यहरुमा सनित थापा मगर, टेक बहादुर थापा, दिल माया राना, राजन राना, कोपिला आले खड्क वहादुर थापा, कृष्ण माया थापा, नर माया फेवाली रहेका छन् ।

उक्त कार्यक्रमको नेपाल मगर संघ केन्द्रीय निर्वाचन समितिका संयोजक सिद्धान्त थापा मगरले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथी थापाले देवघाटमा पनि मगर भाषा पठन पाठन गराउने उद्देश्य राखेको थापाले बताए । उनले सुतेको मगरलाइ उठाउने, उठेको मगरलाइ उडाउने भन्दै अब मगरहरुलाई सचेत बनाउने बताए ।

सो कार्यक्रममा नेपाल मगर, संघ गण्डकी प्रदेशका उपाध्यक्ष खड्का पामी मगरले मगरहरु धेरै पछि परेको हुदा मगरहरुको समुह बनाई उक्त समुहलाई मगर समाजलाइ उत्थान गराउन अधिवेशन गर्दै आएको र सबै वडामा अधिबेशन भइसकेको जानकारी दिए । मगर समुदाय एकजुट हुन जरुरत छ जब सम्म मगर समाज एकजुट हुन सक्दैन तब सम्म मगर समाजको भाषा सस्कृती जोगाउन नसकिने उनले बताए ।

नेपाल मगर संघ तनहुँका उपाध्यक्ष एबम् देवघाट गाउँपालिका इन्चार्ज हर्क वहादुर मगरले आफ्नो जिम्मेवारीमा बसिरहदा देवघाटका मगर समाजलाइ एकीकरण गर्ने अभियान ल्याएको र पछिल्ला समयमा ५ वटै वडाका मगर समाजहरुको अधिवेशन गर्दै आएको बताए ।

सो कार्यक्रममा नेपाल मगर संघ तनहुँ जिल्ला अध्यक्ष खडक सि थापा मगर, नेपाल मगर संघ तनहुँका सचिव केहर सिं आले, आशिक राना, पञ्च बहादुर आले, देवघाट गाउँपालिका खेलकुद अध्यक्ष अमर फेवाली लगायतले शुभकामना मन्तव्य राखेको थिए । देवघाट मगर उत्थान समाजका अध्यक्ष अमृता थापा मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रम मगर उत्थान समाजका सचिव बसन्ती थापा मगरले सन्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक