म्याग्दे गाउँपालिका अध्यक्ष कप फुटवल प्रतियोगिता फागुन १६ गतेदेखी हुने

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ८

तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको ‘दोश्रो म्याग्दे अध्यक्ष कप–२०८१’ प्रदेश स्तरीय फुटवल प्रतियोगिता यही फागुन १६ गतेदेखी हुने भएको छ । यस अघि उक्त प्रतियोगिता फागुन १३ गतेदेखी हुने भनिएकोमा विविध कारणले प्रतियोगिता सन्चालन हुने मिति संशोधन गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार अव उक्त प्रतियोगिता फागुन १६ देखी २३ गतेसम्म हुने भएको छ । ‘म्याग्देको पर्यटन विकासका लागि खेलकुँद’ भन्ने मुल नाराका साथ वडा नम्बर ५ को छाङपाटन खेलमैदानमा आयोजना गरिने गन्डकी प्रदेशको पालिका स्तरीय उक्त फुटवल प्रतियोगितामा प्रथम पुरस्कार कर सहित ३ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै द्वितीय पुरस्कार १ लाख ५० हजार तथा बिजेता र उपबिजेता टिम र खेलाडीलाई ट्रफी, मेडल र प्रमाण–पत्र समेत प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । साथै सेमिफाइनल पुग्ने २ टिमलाई १५÷१५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । त्यस्तै उक्त प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद दश हजार र विधागत तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही पाँच हजार र सेमिफाइनल पछिका हरेक खेलका म्यान अफ द म्याच खेलाडीलाई जनही पाँच हजार नगद पुरस्कार प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । उक्त प्रतियोगितामा गन्डकी प्रदेशका २० वटा पालिकाको सहभागिता रहने अपेक्षा गरिएको अधिकारीले बताए ।

नेपालको लोकप्रिय खेल फुटवलका लागि म्याग्दे गाउँपालिका फुटबल खेलाडी उत्पादनमा उर्वर भुमीको रुपमा परिचित रहेको भन्दै गाउँपालिकाका अध्यक्ष श्रेष्ठले खेलकुँदको माध्यमबाट म्याग्देको थप पहिचान गराउन उक्त प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध