चौथो शुक्लागण्डकी महोत्सवको तयारी पुरा, शुक्रबार उद्घाटन हुने

Devghat Online

शेयर गरौ

दुलेगौंडा, ८ फागुन

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको चौथो शुक्लागण्डकी महोत्सवको तयारी पुरा भएको छ । शुक्रवार शुरु हुने महोत्सवको पूर्व मन्त्री एवम् तनहुँ क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

विहिवार महोत्सवस्थलमा आयोजित पत्रकार सम्मेलनमा नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् मुल संयोजक समुन्द्रराम श्रेष्ठले महोत्सवको तयारी पुरा भएको जानकारी दिए । उनका अनुसार उद्घाटन पूर्व दुलेगौंडा र खैरेनीटारस्थित मिलडाडाँबाट झाँकीसहितको ¥याली निस्कने छ । उत्कृष्ट झाँकीहरुलाई पुरस्कृत गरिने उनले बताए । सो अवसरमा वडा नं. ५ का अध्यक्ष दिर्घ बहादुर थापाले महोत्सवले विभिन्न पाटोलाई समावेश गरेको बताउदै सफल बनाउन स्थानीय सरकारले सहयोग गर्ने बताए । कार्यक्रममा नगर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुमन सापकोटा, महासचिव सुजन श्रेष्ठ लगायतले बोलेका थिए ।

फागुन २० गतेसम्म हुने महोत्सव शुनपा–५, बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा सञ्चालन हुदै छ । महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ७५ स्टल रहने छ । साथै राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रालाई समावेश गरिएको आयोजकले जनाएको छ । महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता समावेश गरिएको छ ।

सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव हुन लागेको हो । महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ५ करोड रुपैयाको आर्थिक कारोवार गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक