नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँको अध्यक्षमा रानाभाट

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ८

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्य समिति तनहुँको अध्यक्षमा बाबुराम रानाभाट निर्वाचित भएका छन् । बुधबार दमौलीमा सम्पन्न संगठनको १४ औं जिल्ला अधिवेशनले रानाभाटको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

कार्य समितिको उपाध्यक्षमा जनक सिग्देल, महिला उपाध्यक्षमा कल्पना घिमिरे, सचिवमा रिदय भट्ट, कोषाध्यक्षमा सुर्य गौतम र सहसचिवमा निर्मला सिग्देल सर्वसम्मत रुपमा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा पालिका भुगोलहरु मध्येबाट व्यासबाट रेमलाल विक, भानुबाट मोहन केसी, ऋषिङबाट लोकराज पराजुली, घिरिङबाट तिलक शर्मा र लक्ष्मणदत्त भट्ट, भिमादबाट पुष्पराज भन्डारी र प्रकाश तिम्सिना, शुक्लागन्डकीबाट होमबहादुर खड्का र दिपेन्द्र पौडेल, म्याग्देबाट दिपेन्द्र रानाभाट, बन्दीपुरबाट मााधव पन्डित, आबुखैरेनीबाट नवराज अधिकारी र देवघाटबाट हेमराज श्रेष्ठ चयन भएका छन् ।

यस्तै खुल्ला सदस्यहरुमा माधवप्रसाद खनाल र कमल रानाभाट, महिला सदस्यमा मधुमाया केसी, पुर्णमाया रानाभाट, सावित्री श्रेष्ठ र ममता रानाभाट, समावेशी सदस्यमा सुन्दर नेपााली र राजेन्द्र गुरुङ चयन भएका छन् । यसैगरी केन्द्रीय प्रतिनिधिहरुमा रघुनाथ पन्डित, बोधराज ढकाल, मिनराज घिमिरे र महाकाली रानाभाट चयन भएका छन् ।

सो अधिवशेनको नेपाल राष्ट्रिय शिक्षक संगठनका यमबहादुर कुँवरले उद्घाटन गरेका थिए । संगठनका अध्यक्ष रघुनाथ पण्डितको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज केदार सिग्देल, एमाले जिल्ला अध्यक्ष हरिराज कडेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध