तनहुँ । चैत ३
डिभिजन वन कार्यालय तनहुँको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको सहजिकरणमा वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम आइतबार म्याग्दे गाउँपालिकामा सम्पन्न भयो ।



उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वन डढेलो रोकथाममा सामुदायिक वनका पदाधिकारीको महत्वपुर्ण भुमिका हुने बताए । उनले वन डढेलो लगाउने कार्यमा संलग्नलाई हुने कानुनी कारवाहीलाई कडाईका साथ कार्यान्वयन हुनु पर्ने बताए । डढेलो नियन्त्रणसँगै वन संरक्षणमा उपभोक्ताहरुको महत्वपुर्ण भुमिका हुने अध्यक्ष श्रेष्ठले बताए । चैत र बैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा वातावरणीय प्रभावमा असर पर्ने हुँदा सबैले सावधानी अपानाउनुपर्ने उनले बताए ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले डढेलो नियन्त्रणका लागि सेचतनामुलक कार्यक्रमसँगै कानुनी कारवाहीको प्रक्रियालाई पनि सँगसँगै लैजानुपर्ने बताए । वन डढेलो सम्बन्धि सचेतनाको सुचना सन्चार माध्यम मार्फत सम्प्रेषण गर्न उनले सामुदायिक वन समुहलाई अनुरोध गरे ।
कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले वन डढेलो सम्बन्धि सचेतना फैलाउने कार्यक्रमहरु सामुदायिक वनले गर्नु पर्ने बताए । सामुदायिक वनहरुले आफुलाइ चाहिने साम्रागीहरु आफैले व्यवस्थापन गरि पुर्व तयारीमा बस्नुपर्ने उनले बताए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारयाणप्रसाद अधिकारीले वन डढेलो अहिलेको मुख्य चुनौती भएको भन्दै डढेलो लागेपछि भन्दा पनि लाग्नु अघि नियन्त्रण गर्न र लाग्न नदिन विशेष ध्यान दिन पर्ने बताए ।
उक्त कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख सरदकुमार अधिकारीले सयांै वर्ष गरि हुर्काएको रुखलाई आगोलागीले क्षणभरमै नष्ट गर्ने बताए । वन डढेलो नियन्त्रण गर्नु अत्यावश्यक रहेको भन्दै भट्टले डढेलोले कयौं वनहरु नष्ट हुन्छ भने घर परिवार समेत तहसनहस भएको हुन्छ यसकारण वन डढेलो लाग्न नदिन आजको आवश्यक रहेको बताए ।