३१ औं प्रहरी महानिरीक्षक बने दीपक थापा

Devghat Online

शेयर गरौ

काठमाडौं । चैत ४

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१ औं महानिरीक्षकमा नियुक्त गरेको हो ।

आईजीपी वसन्त कुँवर अवकासमा गएपछि सरकारले थापालाई महानिरीक्षकमा नियुक्त गरेको हो । थापा हालः केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुख हुन् । उनी विसं २०५२ भदौ १९ गते प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

महानिरीक्षक बन्ने होडमा थापासँगै सुदीप गिरी र टेकबहादुर तामाङ पनि थिए । थापा, गिरी र तामाङ एकै ब्याचमा भर्ना भए पनि थापा एआइजी पदमा बढुवा हुँदा प्रहरी महानिरीक्षक कुँवरसँगै बढुवा भएका थिए । यसअनुसार एआइजीको वरियतामा उनी पहिलो नम्बरमा थिए ।

२६ फागुन २०७९ मा एआइजीमा सिफारिस भएका थापालाई ६ चैत २०७० को मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो । थापा एआइजी भएको दुई सातापछि गिरी र तामाङ एआइजीमा बढुवा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र