तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि स्वास्थ्य मन्त्रालयको बजेट

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ५

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तनहुँका ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि बजेट पठाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आवश्यकता परेका तथा बजेट माग प्रक्रियामा रहेका तनहुँका स्वास्थ्य संस्थाका लागि समेत बजेट निकासामा प्राथमिकता दिन भनेपछि मन्त्रालयले बजेट पठाएको हो ।

यसरी बजेट प्राप्त गर्नेमा भिमाद नगरपालिका १ तथा ऋषिङ गाउँपालिकाका ५ र ८ वडाका आधारभूत स्वास्थ्य केन्द्र छन् । यसैगरी, शुक्लागण्डकी १० मा आधारभूत स्वास्थ्य केन्द्रका लागि पालिकामा बजेट गएको छ । यी सबै वडामा ३८ लाख ८६ हजार बजेट गएको छ ।

भिमाद ३ तथा आँबुखैरेनी – ५ मा समेत आधारभूत स्वास्थ्य केन्द्रका लागि ३७ लाख बजेट पालिकामा गएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्रालयले तनहुँका विभिन्न स्वास्थ्य केन्द्र तथा अस्पतालका लागि समेत माग तथा उपलब्धताका आधारमा प्राथमिकतासाथ उपकरणहरु उपलब्ध गराउँदै आएको सचिवालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध