देवघाट अनलाइन
चितवन, चैत ७ ।
चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले छुट दिने भएको छ । चितवन जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष राजन कार्कीको पहलमा भरतपुर-१० बालमन्दिर, चितवनमा रहेको पुष्पाञ्जली हस्पिटलसँग चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा छुटका लागि आज सम्झौता भएको हो ।
पुष्पाञ्जली हस्पिटल प्रा.लि भरतपुर-१०को तर्फबाट हस्पिटलका प्रबन्ध निर्देशक सुजन राज अधिकारी र चितवन जिल्ला खेलकुद विकास समितिको तर्फबाट अध्यक्ष श्री राजन कार्कीले आज उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
एक वर्षको करार अवधि राखिएको सम्झौता अनुसार पुष्पाञ्जली हस्पिटल प्रा.लि. मा स्वास्थ्य परीक्षण तथा उपचार गर्दा हस्पिटलबाट प्रवाह हुने सेवामा खेलाडीहरुलाई २०% सम्म छुट सुविधा दिनेछ भने खेलाडीको परिवारको उपचारमा खेलाडीले पाउने सुबीधाको ५०% छूट दिईनेछ । बेडचार्ज, ल्याब टेस्ट (यहाहुने), ई.सी.जी, इको, भिडिओ एक्सरे, एक्सरे, लगायतमा २०%; अप्रेशन, सिटीस्क्यान र क्याबीनमा १०% छूट दिइने छ भने औषधीमा ७% प्रतिशत सम्म छूट दिइने छ ।
छुट सेवामा सहजीकरण गर्न संस्थाका सदस्यहरुको रेकर्ड सामाजिक इकाईमा दर्ता गरिने र छुट सेवा लिन आउदा जी.खे.बि.स.को परिचय पत्र अथवा अन्य आधिकारीक पत्र अनिवार्य लिई आउनुपर्ने छ सम्झौतामा उल्लेख छ ।
त्यस्तै पुष्पाञ्जली हस्पिटल र जिल्ला खेलकुद विकास समिति चितवनका बिच हरेक ६ / ६ महिनामा सदस्य थपघट सेवा सुविधाको समिक्षा लगायत विषयमा बैठक बस्नेछ र जिल्ला खेलकुद विकास समिति चितवनले स्वास्थ्य शिविर, स्वास्थ्य शिक्षा सचेतना कार्यक्रम वा अन्य केहि माग गरेमा हस्पिटलले उक्त कार्यक्रम संचालन गर्ने उल्लेख छ ।
उक्त कार्यक्रममा डा. भोजराज अधिकारी, जिल्ला खेलकुद विकास समिति चितवनका कार्यालय प्रमुख रामजी ढकाल, जिल्ला खेलकुद विकास समितिमा आबद्ध खेल संघहरूका अध्यक्ष तथा प्रतिनिधिहरू, अस्पतालका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
उक्त सम्झौता अनुसार चितवन जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, कार्यसमिति, कर्मचारी, खेलाडीहरु र खेलडिका परिवारका सदस्यहरुको स्वास्थ्य परीक्षण तथा उपचारमा छुट पाउनेछन् ।



सम्झौताको पुरा विवरणः