एसइई परिक्षा सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ७

माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान ८ बजेदेखी सन्चालन भएको हो । यस वर्ष एसइई परिक्षामा देशभर ५ लाख १४ हजार ७१ जना परिक्षार्थी सहभागी छन् ।

परिक्षा सन्चालनकोलागि देशभर २ हजार ८० परिक्षा केन्द्र तय गरिएको । परिक्षा सन्चालनकोलागि ७७ हजार ८ सय कर्मचारी परिचालन गरिएको छ । त्यसमध्ये ३० हजार सुरक्षाकर्मी छन् । सबैभन्दा धेरै परिक्षार्थी काठमाडौंमा ३९ हजार ६ सय र सबैभन्दा कम मनाङमा ४३ विद्यार्थी परिक्षामा सहभागी भएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

एसईई परिक्षाको लागि तनहुँबाट नियमित र ग्रेडबृद्धि गरि ६३०२ नाम परिक्षार्थी सहभागी छन् । तनहुँमा साधारण तर्फ ४ हजार ८४४, प्राविधिक धार तर्फ १३३ र ग्रेड बृद्धि तर्फ १ हजार ३२५ परिक्षार्थी सहभागी भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ । परिक्षा सन्चालनकोलागि तनहुँमा २६ परिक्षा केन्द्र तोकिएको छ । तनहुँमा देवघाटमा रहेका महेश संस्कृत गुरुकुल गुरुकुल, बेदबेदाङ्ग संस्कृत गुरुकुल, परमानन्द सस्कृत गुरुकुल, र माँ कल्याणी बैदिक कन्या गुरुकुलका परिक्षार्थी पनि सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय