देवघाटमा शैक्षिक सुधारकालागि बृहत अन्तरक्रिया

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, चैत ७

देवघाट गाउँपालिका–५ स्थित कालिका माविको आयोजनामा शैक्षिक सुधारकालागि बृहत अन्तरक्रिया कार्यक्रम विहिबार सम्पन्न भयो ।
‘हाम्रो कालिका राम्रो कालिका’ भन्ने मुल उद्देश्यले आयोजित उक्त कार्यक्रममा देवघाट गाउपालिका अध्यक्ष तिलवहादुर थापाले कालिका माविमा राम्रो संरचना र पुर्वाधार बनेको र शैक्षिक सुधारका कामहरु पनि राम्रो भएको बताए ।

आगामी शैक्षिक सत्रमा कालिका माविमा स्नातक तहको क्याम्पस सन्चालनकोलागि देवघाट गाउँपालिकाले सहयोग गर्न तयार रहेको भन्दै अध्यक्ष थापाले क्याम्पस सन्चालनको लागि सबैको सहयोग हुनुपर्ने बताए । देवघाट सार्वजनिक पुस्तकालयमा रहेको पुस्तकहरु विद्यार्थीहरुलाई पढाउन सके विद्यार्थीहरुको क्षमतामा वृद्धि हुने र विद्यार्थीहरुले अतिरिक्त कुराहरु जान्न पाउने अध्यक्ष थापाले बताए ।

गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङ्गले देवघाट गाउपालिका भरि रहेको विद्यालयमा निशुल्क पढाउनको लागि गाउँपालिकाले छलफल गर्ने बताए । उनले विद्यार्थीको संख्या बढाउनको लागि सबैभन्दा पहिला शैक्षिक सुधार गरि गुणस्तरीय शिक्षा दिन सक्नुपर्ने बताए अहिलेको अबस्थामा कक्षा १२ पढेर विद्यार्थीहरु विदेश पठाउने सोच रहेको छ यो सोचलाई परिवर्तन गर्न सके मात्र यहाँ क्याम्पस तहमा विद्यार्थी संखया वृद्धि हुने गुरुङले बताए ।

सो कार्यक्रममा देवघाट सामुदायिक पुस्ताकलयका अध्यक्ष शिवराज पौडेलले नारायणी माविको उदाहरण दिदै कालिका माविलाई पनि त्यस्तै बनाउन सकिने बताए । यसकोलागि अभिभावक सचेत हुन जरुरत रहेको पौडेलले बताए । विद्यार्थीको अपेक्षा बुझी विद्यार्थीलाई त्यही हिसावले शैक्षिक शिक्षण गराउनुपर्ने पौडेलले बताए ।

नेकपा एमाले जिल्ला कमिटिका सदस्य केशवचन्द्र न्यौपानेले कालिका माविको कमिकमजोरीलाई सुधार गर्दै शैक्षिक सुधार गर्नुपर्ने बताए । छोरा छारीलाई विद्यालय मात्र पठाएर छोडिदेने कारण छोरा छोरीको पढाइ विग्रिने गरेको भन्दै न्यौपानेले यसमा अभिभावकले पनि आफ्नो छोरा छोरीको पढाइ के कस्तो छ भनी निरन्तर जानकारी लिईरहनु पर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी देवघाट गाउँपालिकाका सभापति गोविन्द पौडेलले कालिकामा क्याम्पस खोल्नको लागि तन मन र धन दिएर साथ दिन पर्ने पौडेलले बताए । कालिका माविका प्रअ शरदचन्द्र खनालले सरकारवालाहरु सँग बृहत् रुपमा अन्तरक्रिया कार्यक्रम गरि विद्यालयलाइ देवघाटकै नमुना विद्यालय वनाउन खोजिरहदा यसमा भएको समस्या र चुनौतीहरु, अपेक्षाहरु र सुझावहरु ग्रहण गरि थप सुधार गरिने बताए ।

देवघाट–४ खानेपानि तथा सरसफाई उपभोक्ता सांस्थाका अध्यक्ष विष्णुप्रसाद अधिकारीले विद्यार्थीको शिक्षा स्वास्थ र पोशाकमा पनि अभिभावकले चासो दिनुपर्ने बताए । कालिका मावि शिक्षक अभिभावक संघका अध्यक्ष बलबहादुर क्षेत्रीले विद्यालयमा बाहिरी विद्यालयबाट पढ्न आउने बातावरणको शिक्षा दिन पर्ने क्षेत्रीले बताए । उनले विद्यालय क्षेत्रमा गाउँपालिकाले कम बजेट छुट्याएको हुँदा आगामी वर्षमा बजेट बढाउनु पर्ने बताए ।

कालिका मावि व्यवस्थापन समितिकाका पुर्व अध्यक्ष बावुराम अधिकारीले जब विद्यालयको गेटबाट प्रवेश हुन्छ तब त्यो मान्छे कुनै पार्टीको हो भनेर सोच्न नहुने बताए । अहिलेको अबस्थामा बजार गएर पढ्न पहिला जस्तो कठिन नभएको र अहिले कालिकामै पढ्न पर्छ भन्ने मानिसकता बनाउने स्तरको शिक्षा दिनुपर्ने अधिकारीले बताए । देवघाट उद्योग वाणिाज्य संघका अध्यक्ष रोशन श्रेष्ठलेले सीप मुलक शिक्षा दिन पर्ने बताए । अहिले बालबालिकाहरु गलत बाटोमा गएका छन् फरक सस्कारमा गएका छन् भन्दै उनले फरक सस्कारमा गएको विद्यार्थीको अभिभावक बोलाएर विद्यार्थीलाइ सहि बाटो ल्याउनु पर्ने बताए ।

समाजसेवी दिवाकार मिश्रले शिक्षकहरुमा आफूप्रति विस्वास नभएर आफू सरकारी विद्यालयमा पढाउने छोरा छोरीलाइ बोडिङ पढाउने प्रबृत्तिको अन्त्य हुनपर्ने बताए । देवघाट सामुदायिक सिकाइ केन्द्रका अध्यक्षल जयकृष्ण सुवेदीले देवघाटमा मात्र वाहिर स्कुलबाट ४– ५ वटा कलेजको गाडिहरु आउने गर्छ यो किन आइरहेको छ भन्दै कालिका माविमा १२ सम्म पढाइ भइरहे पनि १२ कक्षा पढ्न देवघाट बाहिर जाने प्रवृत्तीलाई अन्त्य गर्नुपर्ने बताए ।

कालिका माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले समय अनुसार यस विद्यालयले फड्को मार्दै गएको बताए । कालिका माविलाई देवघाटकै नमुना विद्यालय बनाउने श्रेष्ठले दावी गरे । शिक्षक र व्यवस्थापन समितिले केही गरेन भन्दा पनि आफू अभिभावक भएर त्यो जिम्मेवारी वहन गरेछ कि गरेको छैन भन्ने कुरा बुझ्नुपर्ने भन्दै उनले विद्यार्थीको पढाइको गुणस्तरीय बढाउनको लागि बृहत् रुपमा अन्तरक्रिया कार्यक्रम गरेको श्रेष्ठले बताए ।

श्रेष्ठले अबको कक्षा १२ पढ्ने विद्यार्थीको शैक्षिक नतिजा राम्रो ल्याउनको लागी पुर्व तयारी गर्दै आएको भन्दै अबको शैक्षिक सत्रबाट देवघाटमा स्नातक तहको क्याम्पस सन्चालन गर्ने बताए । सो कार्यक्रममा राजनीतिक दलहरु, विभिन्न संघ सस्थाहरु, विद्यालय व्यवस्थापन समितिहरु, अभिभावक संघका सदस्यहरु, पुर्व विद्यार्थीहरु र अभिभावकहरु उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड सम्पन्न, न्यु भिजन एकेडेमी प्रथम

देवघाटअनलाईन चितवन, मंसिर २७ । संस्थागत विद्यालय संघ चितवनको आयोजनामा दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड