देवघाट । चैत ७
देवघाटधाम जेसीजको आयोजनामा विहिबार भएको दन्त परिक्षण शिविरमा ३५१ जनाको दन्त परिक्षण भएको छ । विश्व मुख स्वास्थ्य दिवस तथा अनतर्राष्ट्रिय खुशी दिवसको अवसरमा देवघाट–५ स्थित कालिका माविको प्राङ्गणमा उक्त शिविर आयोजना गरिएको थियो । उक्त शिविरमा छिम्केश्वरी डेन्टल क्लिनिकको प्राविधिक सहयोग रहेको थियो ।



सो शिविरमा कालिका माविका शिक्षक र विद्यार्थी गरि जम्मा ३५१ जनाले परिक्षण गरेको देवघाटधाम जेसीज वर्ष–२०२५ का निर्देशक तथा कार्यक्रम संयोजक सन्तोष सुवेदीले जानकारी दिए ।
देवघाटधाम जेसिजका अध्यक्ष प्रशन्न ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गरेका थिए । सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङ, वडा नम्बर–५ अध्यक्ष पुर्णबहादुर कुँवर लगायतको सहभागिता रहेको थियो ।