देवघाटधाम जेसीजद्वारा आयोजित दन्त शिविरमा ३५१ जनाको दन्त परिक्षण

Devghat Online

शेयर गरौ

देवघाट । चैत ७

देवघाटधाम जेसीजको आयोजनामा विहिबार भएको दन्त परिक्षण शिविरमा ३५१ जनाको दन्त परिक्षण भएको छ । विश्व मुख स्वास्थ्य दिवस तथा अनतर्राष्ट्रिय खुशी दिवसको अवसरमा देवघाट–५ स्थित कालिका माविको प्राङ्गणमा उक्त शिविर आयोजना गरिएको थियो । उक्त शिविरमा छिम्केश्वरी डेन्टल क्लिनिकको प्राविधिक सहयोग रहेको थियो ।

सो शिविरमा कालिका माविका शिक्षक र विद्यार्थी गरि जम्मा ३५१ जनाले परिक्षण गरेको देवघाटधाम जेसीज वर्ष–२०२५ का निर्देशक तथा कार्यक्रम संयोजक सन्तोष सुवेदीले जानकारी दिए ।

देवघाटधाम जेसिजका अध्यक्ष प्रशन्न ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गरेका थिए । सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङ, वडा नम्बर–५ अध्यक्ष पुर्णबहादुर कुँवर लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल