भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ७

भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई कार्यक्रम विहिबार भिमाद उद्योग वािणज्य संघको सभाहलमा सम्पन्न भयो । भिमाद नगरपालिकाले चालु आर्थिक वर्षको दोश्रो चौमासिक अवधिसम्म सम्पादन गरेका विकास आयोजना, आम्दानी खर्च, तथा सेवा प्रवाहको बारेमा नागरिकलाई जानकारी गराउने र नागरिकको सुझाव संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख दधिराज सुवेदीले नगरपालिकाले पुर्वाधार निर्माण र कृषिलाई प्राथमिकतामा राखेको बताए । पुर्वाधारको निर्माण मार्फत ग्रामिण क्षेत्रलाई शहर सँग जोड्ने र कृषि तथा पशुपालन मार्फत जनताको समृद्धी हाँसिल गर्ने मुख्य प्राथमिकता रहेको नगरप्रमुख सुवेदीले बताए ।

कृषि र पशुपालनसँगै शिक्षा, स्वास्थ्य जस्ता नागरिकको नैसर्गिक विषयलाई पनि उच्च प्राथमिकतामा राखी नीति तथा कार्यक्रम बनाई कार्यान्वयन गरिएको भन्दै नगर प्रमुख सुवेदीले सार्वजानिक सुनुवाईको क्रममा नागरिकबाट उठेका जिज्ञासा तथा सुझावले आफुहरुलाई आगामी वर्षको नीति तथा कार्यक्रम बनाउन सहयोग पुग्ने बताए ।

जनताबाट उठाईएको सुझावलाई कार्यान्वयन गर्नु पहिलो जिम्मेबारी भएको भन्दै मेयर सुवेदीले नगरपालिकाको कामलाई पारदर्शी बनाउन सार्वजानिक सुनुवाई आयोजना गरिएको बताए । नगरपालिकाको आफ्नै प्रशासकीय भवन नहुँदा भाडाको भवनबाट कार्यसम्पादन गर्नुपरेकोले केही अप्ठ्यारा भएको भन्दै सुवेदीले नयाँ प्रशासकीय भवन बनाउन डिपिआर तयार भईसकेको बताए । उद्योग वाणिज्य संघ भिमादसँग सहकार्य गरि फोहोर मैलाको उचित व्यवस्थापनको काम भईरहेको पनि मेयर सुवेदीले जानकारी गराए ।

उक्त कार्यक्रममा उपमेयर शारदा खनालले नगरपालिकाले योजना तथा कार्यक्रम बाँडफाँड गर्ने क्रममा कतैपनि विभेद नगरेको बताइन् । उनले लक्षित वर्गको कार्यक्रमलाई बढि भन्दा बढि समुदायमा पुग्ने गरि सन्चालन गरिएको बताइन् ।

उक्त कार्यक्रममा नेकपा एमाले भिमाद नगर कमिटिका अध्यक्ष इमानबहादुर थापा र नेकपा माओवादी केन्द्रका अध्यक्ष अमृत सिग्देलले सार्वजानिक सुनुवाई कार्यक्रम पारदर्शीता र जवाफदेहिताको हिसाबले निकै महत्वपुर्ण भएको हुँदा यस्ता कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिनुपर्ने बताए ।

सहभागीबाट उठेका जिज्ञासाहरुको जवाफ दिँदै प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले नगरपालिकाले सबै क्षेत्रसँगको समन्वय र सहकार्यमा कार्य सम्पादन गर्दै आएको बताए । उनले पुर्वाधार निर्माण, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन जस्ता विषयलाई प्राथमिकताराखी काम पारदर्शी रुपमा काम गर्दै आएको बताए । जनताको काममा ढिलासुस्ती अनियमितता गर्ने कर्मचारीलाई कारवाहीको दायरामा ल्याउने बताए ।

नगरप्रमुख दधिराज सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षा शाखाका प्रमुख उपसचिव सन्दिप पौडेल, वडा नम्बर ६ का अध्यक्ष श्यामसुन्दर जोशी, वडा नम्बर ७ का अध्यक्ष प्रकाश श्रेष्ठ, भिमाद नगर उद्योग वाणिज्य संघका अध्यक्ष हस्तबहादुर खड्का लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा जनज्योती माविका पुर्व प्रअ खिमकान्त पराजुली, निबृत्त शिक्षक भिमाद नगर समितिका अध्यक्ष चन्द्रप्रकाश सुवेदी, शंकर माविका प्रअ दामोदर खनाल, अपाङ्गता सरोकार समाजका सोमबहदुर थापा, व्यवसायी शंकर गैह्रे, पत्रकार ध्रुवराज सुवेदी, मेखनारयण श्रेष्ठ, लक्ष्मिपती भण्डारी, सुर्यबहादुर विश्वकर्मा, कृति नेपाली, जंगबहादुर थापा लगायतले विभिन्न विषयमा सुझाव राखेका थिए ।

उक्त कार्यक्रमको सन्चालन देवघाट मल्टिमिडिया प्रालिका अध्यक्ष प्रकाशचन्द्र भट्टराईले तथा उद्देश्य तथा विषयबस्तुको बारेमा जानकारी नेपाल पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष प्रेमप्रसाद पौडेलले गरेक थिए । कार्यक्रममा २ सय भन्दा बढिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक