रङ्गभेद तथा जातीय भेद उन्मूलन दिवसको अवसरमा फलफुल वितरण र अन्तरक्रिया

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ११

नेकपा एमालेको जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज तनहुँ जिल्ला कमिटीले ६० औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय भेद उन्मूलन दिवसको अवसरमा फलफुल वितरण गरेको छ । शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ झरौटा रहेको वृद्धाश्रमका वृद्धाहरुलाई फलफुल वितरण गरिएको हो । सोहि अवसरमा मुक्ति समाजका कार्यकर्ताहरूबीच अन्तरक्रिया कार्यक्रम गरियो ।

मुक्ति समाजका जिल्ला अध्यक्ष भरत लामगादेको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य सविता रसाइलीले जातीय रङ्गभेद तथा जातीय भेदभाव उन्मूलनका लागि राज्य , नागरिक समाज, राजनीतिक दल, सञ्चार माध्यम तथा सम्पूर्ण समाज एकसाथ अघि बढ्न आवश्यक रहेको बताइन् ।

कार्यक्रममा मुक्ति समाजका केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज मोहन विश्वकर्मा, प्रदेश कमिटी उपाध्यक्ष डिना गोतामे, प्रदेश कमिटी सदस्य मनिषा बिक र रितु नेपाली, नेकपा एमाले जिल्ला कमिटी सदस्य झमान सिं सार्की (सुरज), नेकपा एमाले जिल्ला सल्लाहकार परिषद् सदस्य गोपाल विक, मुक्ति समाज जिल्ला कमिटी कोषाध्यक्ष, सदस्यहरु र मुक्ति समाज शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष दुर्गा बिक उपाध्यक्ष सरिता राई विक, भिमाद नगर कमिटी सचिव संगिता विक लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन उपसचिव सन्तोष बिकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्रः दण्डहीनताको अन्त्य र पीडितको न्याय सुनिश्चित गर्न जोड

​पोखरा । साउन १ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको अगुवाइ तथा नेपाल पत्रकार