तनहुँ । चैत १२
तनहुँको बन्दिपुर गाउँपालिकामा सन्चालित बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको चौंथो साधारण सभा आगामी बैशाख ६ गते शनिबार हुने भएको छ ।



कम्पनीको यहि चैत्र ७ गते बसेको संचालक समितिको बैठकले संस्थाको चौंथो साधारण सभा आगामी बैशाख ६ गते शनिबार केवलकारको बटम स्टेशन बन्दिपुर ४ ठूलोढुँगामा हुने कम्पनीका सचिव रोमनमान श्रेष्ठले बताए ।
सभामा कम्पनीले आइपीओ निष्कासन सम्बन्धी प्रस्तावलाई छिट्टै स्वीकृति दिने र त्यसअनुसार शीघ्र कार्यान्वयनमा ल्याउने निर्णय गरेको जनाएको छ । कम्पनीले २०८० पौस महिनामा नेपाल धितोपत्र बोर्डमा आइपिओ निष्कासनका लागि आवेदन दिएको थियो ।
३० करोड ६० लाख रुपैयाँको ३० लाख ६० हजार कित्ता आइपिओ निष्कासनका लागि कम्पनीले बोर्डमा निवेदन दिएको एक वर्ष बितिसक्दा पनि स्वीकृत प्राप्त गर्न सकेको छैन ।