भिमादमा छातिरोग सम्बन्धी निःशुल्क खोजपड्ताल शिविरमा २५५ जनाले स्वास्थ्य परिक्षण गराए

Devghat Online

शेयर गरौ

अन्जान परियार । भिमाद, चैत १६

तनहुँको भिमाद नगरपालिकामा छातिरोग सम्बन्धी निःशुल्क खोजपड्ताल शिविर सम्पन्न भएको छ। यस शिविरमा २ सय ५५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए, जसमा ५ जनामा क्षयरोगको पुष्टि भएको छ। यो शिविर प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँ र भिमाद नगरपालिकाको संयुक्त आयोजनामा आयोजित भएको हो, जसमा प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो।

शिविरको उद्देश्य एक्सरेको माध्यमबाट क्षयरोग संक्रमणको पहिचान गर्ने रहेको जनस्वास्थ्य अधिकृत सुनिता धरेलले जानकारी दिइन्। उनले ५ जनामा क्षयरोगको लक्षण पुष्टि भएपछि, थप शंका लागेका बिरामीहरूको खकार परीक्षणका लागि प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखरा पठाइएको बताइन।

वडा नं ६ का वडा अध्यक्ष श्याम सुन्दर जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले गरेका थिए। नगरप्रमुख सुवेदीले स्वास्थ्य परीक्षणको महत्त्व र हस्पिटल जान नसक्ने नागरिकलाई नजिकैको शिविरमा सहभागी हुन आग्रह गरे। उनले भनें, “स्वास्थ्य परीक्षण नियमितरूपमा गर्दा लाभ हुन्छ।”

यस कार्यक्रममा भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनाल र प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुनले मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन स्वास्थ्यकर्मी पूर्णिमा नेपालीले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय