पोखरामा हुने कोटीहोमको कार्यक्रम सार्वजनिक

Devghat Online

शेयर गरौ

पोखरा । चैत १७

मानव सेवा फाउण्डेसन, नेपाल लगायत विभिन्न संस्थाहरूद्वारा आगामी २०८२ बैशाख १७ गतेदेखी जेठ २६ गतेसम्म पोखरा महानगरपालिका–१७, बिरौटामा हुने श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ को कार्यक्रमहरु सार्वजानिक गरिएको छ । मानव सेवा फाउन्डेशनले आइतबार उक्त कोटीहोमको सम्पुर्ण कार्यक्रमहरु सार्वजानिक गरेको हो ।

नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा राष्ट्र शान्ति, विश्व कल्याण, धार्मिक पर्यटन प्रवर्धन, तथा असहाय बालबालिका र ज्येष्ठ नागरिकहरूको संरक्षणार्थ आयोजित श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञमा चैत १७ देखी जेठ २६ सम्म विभिन्न कार्यक्रमहरु गरिने भएको छ ।

चैत १७ गते आइतबारबाट महायज्ञको प्रचारात्मक कार्यक्रम सुरु गरिएको मानव सेवा फाउन्डेशनले जनाएको छ । यसैअसवरमा २०८२ बैशाख ११ गते विहान ७ बजे बृहत् साइकल प्रभातफेरी (¥याली) हुने भएको छ । यसैगरि बैशाख १२ गते विहान ७ बजे बृहत् ट्याक्सी प्रभातफेरी (¥याली) तथा बैशाख १३ गते विहान बृहत् मोटरसाइकल प्रभातफेरी (¥याली) हुने भएको छ । यस्तै बैशाख १४ गते विहान फेवातारमा बृहत् डुङ्गा प्रभातफेरी (¥याली) तथा बैशाख १५ गते विहान पोखरामा बृहत बृहत् पैदल यात्रा हुने भएको छ ।

यसैगरि बैशाख १६ गते विहान विशाल मङ्गलमय कलश यात्रा जगद्गुरु, साधु, सन्त, महन्त, प्रसिद्ध कथा वाचक, वाचिकाआदिबाट विशेष शास्त्रीय प्रवचन हुने हुने भएको छ । महायज्ञको मुख्य दिन बैशाख १७ देखी जेठ २६ गतेसम्म सयौं गुरुहरूद्वारा नियमित हवन तथा अनेकौँ पुण्यमय कर्महरू गरिने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट विभिन्न गीत, सङ्गीत, भजन, झाँकी, देवलीला, नृत्यआदि प्रस्तुति हुनेछन् । कार्यक्रम अवधिभर देश विदेशबाट कार्यक्रम अवधिभर विभिन्न सामाजिक अभियन्ता तथा राजनीतिक दलका नेताहरूको आगमन हुने जनाईएको छ ।

कार्यक्रम अन्तर्गत वैशाख १, ३, ५, ७, ८, १६, १७, २२, २३ र २८ गतेको विवहाको साइतमा हजारौं जोडीको विवहा गराइने कार्यक्रम समेत रहेको छ भने वैशाख ५, १९,र २४ गते हजारौ बटुकको एकल व्रतबन्ध गरिने कार्यक्रम रहेको छ । त्यस्तै वैशाख २९ गते सोमबार हजारौँको बृद्धबृद्धाको एकल चौराशी पूजा गरिने कार्यक्रम रहेको जनाईएको छ ।

कोटिहोम महायज्ञका महत्वपूर्ण दिनाङ्कहरु मध्ये वैशाख ३ गते, बुधबार भूमि पूजन बैशाख १७ गते यज्ञ कुण्ड खन्ने कार्यक्रम रहेको छ । त्यस्तै बैशाख १९ गते कोटिहोम महायज्ञमा हवनात्मक कार्य प्रारम्भ गरिने छ । सोही दिन अग्नि मन्थन, यज्ञ कुण्डमा अग्नि प्रवेश गराउने, अग्निमा समिधा दान र अग्नि कुण्डमा आहूति प्रदान गरिने कार्यक्रम रहेको जनाईएको छ । कोटिहोम महायज्ञको विधिवत पूर्णाहुति गरी अभिषेक र प्रसाद ग्रहण गर्ने कार्यक्रम २०८२ जेठ २६ गते, सोमबार हुने भएको छ ।

ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको हालसम्मको तयारी लगायको विषयमा जानकारी दिदै कोटिहोम महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीले उक्त ऐतिहाँसिक महायज्ञमा सहसभागिताकोलागि सम्पुर्ण देशबासीलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको