छिम्केश्वरीमा श्रीमद् भागवत महायज्ञ लगाउने तयारी

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १७

गण्डकी प्रदेशको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल छिम्केश्वरीमा बिशाल भागवत लगाइने भएको छ । आँबुखैरेनी गाउँपालिका–५, स्थित छिम्केश्वरी मन्दिरको धार्मिक एवं पर्यटकीय गन्तव्यको रूपमा विकासको लागि बिशाल श्रीमद् भागवत महायज्ञ लगाउने तयारी भएको गाउँपालिकाले जनाएको छ ।

महाभारत पर्वत श्रृङ्खलाको सबैभन्दा अग्लो चुचुरो छिम्केश्वरीमा २०८२ साल असोजमा भागवत लगाउन तयारी सुरु गरिसकेको र उक्त भागवतबाट १० करोड आर्थिक संकलन गर्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

छिम्केश्वरीमा बिशाल भागवत लगाउने बिषयमा गुरु दिनबन्धु पोख्रेल र आँबुखरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान बीच शुक्रवार प्रारम्भिक छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो