आँबुखैरेनी गाउँपालिकामा कक्षा ८ को परिक्षाफल प्रकाशन

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २०

आबुँखैरेनी गाउँपालिकाले कक्षा कक्षा ८ (आधारभुत तह) को परिक्षाफल प्रकाशन गरेको छ । आधारभुत तह परिक्षा समितिको चैत २० को निर्णय अनुसार गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयको आधारभुत तहको परिक्षाफल प्रकाशन गरिएको गाउँपालिकाले जनाएको छ । उक्त परिक्षा गत चैत ८ गतेदेखी १५ गतेसम्म सन्चालन भएको थियो ।

आबुँखैरेनी गाउँपालिकामा रहेका १६ वटा सामुदायिक तथा संस्थागत विद्यालयका ५०८ जना विद्यार्थी आधारभुत तह (कक्षा ८) को परिक्षामा सहभागी भएका थिए । ति मध्ये ७६ प्रतिशत अर्थात ३९१ जना उत्तिर्ण भएको गाउँपालिकाले जनाएको छ ।

परिक्षाफल अनुसार सबै भन्दा राम्रो नतिजा चण्डीदेवी आधारभुत विद्यालयको आएको छ । उक्त विद्यालयको सतप्रतिशत नतिजा आएको गाउँपालिकाले जनाएको छ भने सबैभन्दा कम उत्तिर्ण बाल शिक्षा सदन अग्रेजी बोर्डिङ स्कुलको आएको छ । उक्त विद्यालयका ३६.८४ प्रतिशत विद्यार्थी मात्र उत्तिर्ण भएका छन् । सबैभन्दा धेरै परिक्षार्थी रामशाह माविबाट १३७ जना सहभागी भएकोमा ११३ जना उत्तिर्ण भएका छन् ।

गाउँपालिकाले सबै परिक्षार्थीको ग्रेड लेजरको प्रमाणित प्रतिलिपि सम्बन्धित विद्यालयमा पठाई सकिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भर्ना अभियानलाई आकर्षक बनाउन आदिकवि भानुभक्त क्याम्पसमा भिडियो निर्माण प्रतियोगिता हुने

तनहुँ । साउन १३ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तथा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत (क्युएए)

ढोरफिर्दीमा रासायनिक मलको हाहाकारः ५ किलोका दरले बाँड्दा पनि पुगेन

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीस्थित साना किसान कृषि सहकारी संस्थामा रासायनिक मलको चरम

शुक्लागण्डकीमा भूमिसम्बन्धी सेवा सञ्चालन गर्नेबारेमा सरोकारवालासँग छलफल

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्रै भूमिसम्बन्धी सेवा सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको