घुमाउनेको झोलुङ्गे पुल मर्मतको लागि समिति गठन

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २४

बुद्धसिंह मार्गमा पर्ने आबुखैरेनी गाउँपालिका वडा नम्बर ५ र चितवनको भरतपुर मनपा–२९ घुमाउने जोड्ने त्रिशुली नदीको झोलुङ्गे पुल मर्मत सम्भारको लागि समिति गठन गरिएको छ । आइतबार भएको उपभोक्ताहरुको भेलाले स्थानीय होमबहादुर रानाको अध्यक्षतामा ११ सदस्य निर्माण उपभोक्ता समिति गठन गरेको छ ।

नेकपा एमालेका केन्द्रीय सल्लाहाकार एक बहादुर रानाको विशेष उपस्थिती र आबुखैरेनी गाउँपालिका नम्बर ५ र ६ का वडा अध्यक्ष एवं बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्षको उपस्थितीमा भएको उपभोक्ताहरुको भेलाले उक्त समिति गठन गरेको हो । गत असोजमा त्रिशुली नदीमा आएको बाढीले उक्त पुलमा क्षती पु¥याएको थियो । जीर्ण रहेको उक्त झोलुङ्गे पुलको मर्मत सम्भारको लागि गण्डकी प्रदेशको पूर्वाधार विकास तथा यातायात मन्त्रालयबाट विनियोजित रकम अनुसार काम गर्न उक्त समिति गठन गरिएको हो ।

उक्त भेलाले बुद्धसिंह मार्ग र नारायणघाट मुग्लिङ सडक जोड्ने घुमाउने जोड्ने त्रिशुली नदीमा नयाँ मोटरेबल पुल निर्माणको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय काठमाडौँ, सडक विभाग बबरमहल र सडक डिभिजन कार्यालय तनहुँमा अनुरोध गर्न जाने निर्णय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ