बन्दीपुर केवलकारले ३ जना पत्रकारहरुलाई सम्मान सहित पुरस्कृत गर्ने

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २५

पहाडकी रानी उपमाले परिचित पर्यटकिय ग्राम बन्दीपुरमा संंचालित बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले तनहुँ जिल्लाको पर्यटन प्रवद्र्धनको विकास र उद्यमशिलता र पर्यावरणको क्षेत्रमा कलम चलाई योगदान गर्ने ३ जना पत्रकारहरुलाई सम्मान गर्ने भएको छ ।

कम्पनीको आगामी २०८२ साल बैशाख ६ गते शनिनवारका दिन आयोजना गरिएको साधारणसभामा सम्मान गर्ने भएको हो । छनौट समितिबाट छनोट भएका ३ जना पत्रकारहरुलाई जनही नगद ५१ हजारका दरले पुरस्कारको राशी र दोसल्ला एवं सम्मानपत्रले सम्मान गरिने भएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

उद्यमचिलताको क्षेत्रमा कलम चलाएका पत्रकारहरुको छनोट गर्नका लागि पत्रकार एवं कम्पनीका संचालक तारानाथ उपाध्ययको संयोजकत्वमा ३ सदस्यीय पुरस्कार छनौट समिति गठन गरिएको कम्पनीले जनाएको छ ।

समितिले छनौटको मापदण्ड पुरा गरि पुरस्कृत गर्न योग्य पत्रकारहरुको छनौट गरी कम्पनीको बोर्ड समक्ष सिफारिस गर्ने कार्यतालिका रहेको संयोजक तारानाथ उपाध्ययले बताउनु भयो ।

कम्पनीले प्रत्येक साधारण सभाको अवसरमा पत्रकारहरुलाई सम्मान गदै आईरहेको छ । उद्यमशिलता नै समाजको असली पहरेदार एवं प्रगतिको चालक हो र यसकाे लागि पत्रकारको कलमले थप सम्मान पाएको अनभुत गर्न पाउन भन्ने उदेश्यले निरन्तर सम्मान गर्ने गरेको कम्पनीका अध्यक्ष शर्माले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो