महेश संस्कृत गुरुकुलको ३२ औँ वार्षिकोत्सव सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट । चैत २५

देवघाट गाउँपालिका–५ स्थित महेश संस्कृत गुरुकुलको ३२ औँ वार्षिकोत्सव कार्यक्रम आइतबार श्रीराम नवमीको दिन सम्पन्न भएको छ ।

महेश संन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिको अध्यक्षतामा सम्पन्न उक्त वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथी नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा.माधव अधिकारी विशिष्ट अतिथी विद्वान् पुरुषोत्तम भट्टराई, नेपाल संस्कृत विश्वविद्यालयका प्रा.डा.गुरुप्रसाद सुवेदी, गुरुकुलका प्राचार्य सहप्राध्यापक कमल सुवेदी, सह प्रा.उत्तम खतिवडा, सह प्रा.जगन्नाथ शर्मा, सहप्रा. कपिलदेव भट्टराई, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुवर, देवघाट सार्वजानिक पुस्तकालयका अध्यक्ष शिवराज पौडेल, केन्द्रिय ज्योतिष परिषद्का अध्यक्ष केशव धिताल लगायतका व्यक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो समारोहमा यस वर्षको वेदनिधि पुरस्कार प्रा.पुरुषोत्तम भट्टराईलाई प्रदान गरिएको थियो । धर्म, संस्कार, संस्कृति, आध्यात्म, संस्कृत भाषा तथा समग्र पूर्विय वाङ्मयको अध्ययन, अध्यापन तथा अनुसन्धान गरी सुसंस्कृत, सभ्य समाज निर्माणमा पु¥याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो । ९७ बर्षीय पुरुषोत्तम भट्टराई नेपालको पूर्वी क्षेत्रमा रहेर संस्कृत भाषा, आध्यात्म, धर्म, संस्कृती आदिमा सेवा गर्दै आएका छन् । भट्टराई नेपाली संस्कृतका अतिरिक्त तिब्बती, उर्दू आदि ७ भन्दा बढी भाषाका ज्ञाता समेत हुन् ।

वि.सं २०५० सालको रामनवमीको दिन सन्त शिरोमणि श्री १००८ डा स्वामी रामानन्द गिरिले महेश संस्कृत गुरुकुलको स्थापना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको