शुक्लागण्डकीमा जनतासँग माओवादी जागरण अभियानसँगै भेला र प्रशिक्षण

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २५

जनतासँग माओवादी जागरण अभियान अन्तर्गत शुक्लागण्डकीमा आइतवार नगरस्तरीय भेला एवम् प्रशिक्षण कार्यक्रम गरिएको छ ।

नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीको आयोजनामा शुनपा–२ मा भएको भेलालाई सम्बोधन गर्दै नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश इन्चार्ज हरिराज अधिकारी कुमारले पार्टीलाई सुद्रिढ बनाएर आगामी निर्वाचनमा पहिलो बन्ने गरी तयारी गर्न आग्रह गरे । केन्द्रिय सदस्य एवम् प्रदेश सहइन्चार्ज हरि बहादुर चुमानले गणतन्त्रको रक्षाको लागि पार्टी एक हुनुपर्नेमा जोड दिए । उनले सर्वसाधारणको घरमा गएर उनीहरुको साथमा रहन कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय स्कुल विभागका सदस्य मनहरी तिमिल्सेनाले पार्टीको बर्तमान अवस्था नेता कार्यकर्ताको भूमिका र डिजिटल सामग्रीहरूको उचित प्रयोग लगायतका विषयमा सहजिकरण गरेका थिए । नगर कमिटी अध्यक्ष शरण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज आशा कोइराला, केन्द्रिय सदस्य ओमकुमारी पौडेल, शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुम बहादुर विक राजु, आबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, नगर कमिती उपाध्यक्ष रामचन्द्र भण्डारी, सचिव सरोज पौडेल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय