मानपुर–डेढगाउँः कालोपत्रे सडकमा सरर यात्रा..

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २८

तनहुँको घिरिङ गाउँपालिका ४ को मानपुर र नवलपुर जिल्लाको डेढगाउँको यात्रा ६ महिना अघि सम्म निकै कष्टकर थियो, हिउँदमा धुलो र वर्षामा हिलोको कष्टकर यात्रा उक्त क्षेत्रका बासिन्दाले करिब २९ वर्ष बेहोर्नु प¥यो । तर अहिले उक्त सडकमा कालोपत्रे गरिसकिएको छ ।
तपाई भिमादबाट घिरिङ गाउँपालिकाको मानपुर र नवलपुरको डेढागउँ हुँदै पाल्पाको रामपुर या कालीगन्डकी करिडोर हुँदै गैडाकोट या चितवनको भरतपुर जाँदै हुनुहुन्छ भने अव मानपुरबाट कालीगन्डकीको पुलसम्म ११ किमी कालोपत्रे सडकमा यात्रा गर्न पाउनुहुन्छ ।

११ किलोमिटरको उक्त सडक पार गर्न कच्ची हुँदा २ घन्टा लाग्ने गथ्र्याे भने कालोपत्रे भएपछि बढिमा १५ मिनेटमा छोटिएको छ । ट्रयाक खुलेको २९ वर्षपछि तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बुलिङटार गाउँपालिका जोड्ने मानपुर–डेढगाउँ–बुलिङटार सडकमा हालसालै कालोपत्र पुरा भएको छ । मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडक अन्तर्गत तनहुँ खण्डको मानपुर भन्ज्याङदेखी नवलपुर जोड्ने कालीगन्डकी नदीको पुलसम्म अल्फाष्ट प्रविधिको कालोपत्र पुरा भएको छ । गण्डकी प्रदेश सरकारले गौरवको योजनाका रूपमा राखेको उक्त योजनाको लागि गन्डकी प्रदेश सरकारका तत्कालिन अर्थमन्त्री किरण गुरुङले ३५ करोड रुपैयाँ विनियोजन गरेका थिए ।

उक्त सडक २०५१ सालमै ट्रयाक खुलेपनि नियमित कच्ची भएको हुँदा सवारी सन्चालन हुन सकेको थिएन । गन्डकी प्रदेश सरकारका तत्कालिन आर्थिक मामिला मन्त्री किरण गुरुङले सो सडक स्तरोन्नती गरि कालोपत्र गर्न भौतिक पुर्वाधार मन्त्रालय मार्फत २०७६ को बजेटमा ३५ करोड रुपैयाँ विनियोजन गरेका थिए ।

पहिलो चरणमा तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरबाट नवलपुरको डेढगाउँसम्मको ११ किलोमिटर खन्ड कालोपत्रको लागि २२ करोड ८५ लाख लागत अनुमान भएपनि टेन्डर प्रक्रिया मार्फत सपना निर्माण सेवा हेटौंडासँग १२ करोड २९ लाख ३२ हजार ३१६ रुपैयाँमा २०७६ फागुन ७ गते सडक कालोपत्रको सम्झौता भएको थियो ।

तत्कालिन अर्थमन्त्री गुरुङले मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी (हिमाल र तराई) जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडकलाई गन्डकी प्रदेश सरकारको गौरबको रुपमा छनौट गरि ३५ करोड रुपैयाँ विनियोजन गरेका थिए । यसविचमा कोरानो महामारी लगायत विभिन्न कारणले कालोपत्र गर्न ढिलाई भएको थियो ।

घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले उक्त सडकमा कालोपत्र भएपछि घिरिङको वडा नम्बर ४ र वडा नम्बर १ का बासिन्दालाई निकै सुविधा भएको बताए । वडा नम्बर ४ उक्त सडकमै पर्ने भएपनि वडा नम्बर १ को पुट्टार, अत्रौलीटार र बैडी लगायतका स्थानबाट गाउँपालिकाको कार्यालय आउन अधिकांश नागरिकले उक्त सडक नै प्रयोग गर्छन् । अध्यक्ष थापाले सो सडकको कारण नागरिकहरुले पाल्पा वा चितवन र गैडाकोट जान निकै सुविधा भएको बताए । (लोकवाणी दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

फागुपूर्णिमामा छिम्केश्वरीमा भक्तजनको घुईँचो, १० हजारले गरे दर्शन

तनहुँ । फागुन १९ फागुपूर्णिमाको अवसरमा तनहुँ जिल्लाकै सबैभन्दा अग्लो स्थानमा अवस्थित प्रसिद्ध बुढीदेवी–छिम्केश्वरी माई