गण्डकी कोटिहोम महायज्ञमा आजदेखी विश्वकै कान्छी भागवत वाचिका पाण्डेयले कथा प्रवचन गर्ने

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २९

श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गतेबाट कथा प्रवचन सुरु हुने भएको छ । विश्वकै कान्छी भागवत वाचिका बालविदुषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञमा आज चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने भएकी छिन् ।

महायज्ञ पोखरा महानगरपालिका–१७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।

यसैबीच २०८२ साल बैशाख १७ गतेदेखि सञ्चालन हुने कोटिहोम महायज्ञको प्रचारप्रसार स्वरुप यहि चैत्र २९ गते बाट नै कथा प्रवचन हुने भएको छ । यस कोटिहोम महायज्ञमा पहिलो कथा प्रवचनका लागि विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेय भारतबाट नेपाल आउने भएकी छन् ।

बालविदूषी अनुराधा पाण्डेयले कोटिहोम महायज्ञमा आगामी चैत्र २९ गतेबाट कथा प्रवचन गर्ने कार्यक्रम तय भएको आयोजक मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाले जानकारी दिएको छ । अहिले कोटिहोम महायज्ञको प्रचारप्रसाका विविध कार्यक्रमहरु सञ्चालन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा नियुक्तीमा ढिलाई, नियुक्तीमा ढिलाई हुँदा थप नयाँ पात्रहरु मैदानमा

देवघाट । असार २४ तनहुँ, चितवन र नवलपुर जिल्ला समेट्ने प्रसिद्ध धार्मिक स्थल देवघाटको बृहत्तर