सिर्जना चोक भेट्रान्स क्लवद्वारा क्यालेन्डर विमोचन तथा शुभकामना कार्यक्रम

Devghat Online

शेयर गरौ

चितवन, चैत ३०

भरतपुर मनपा–७ स्थित सिर्जना चोक भेट्रान्स क्लवको आयोजनामा नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

क्लवका अध्यक्ष रुपकराज अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्लेले उद्घाटन गरे ।

उक्त कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्य अमृता गौतम, सिर्जना टोल विकास संस्थाका कार्यवहाक अध्यक्ष इन्दिरा अर्याल, हाटबजार व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर राय, वडा नम्बर ७ का वडा सचिव प्रकाश रेग्मी, बुद्धचोक टोल विकास संस्थाका अध्यक्ष कुस्माखर अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा क्लवका संरक्षक दिवस तिवारीले क्लवको बारेमा जानकारी गराएका थिए भने कार्यक्रमको सन्चालन क्लवका सचिव पद्मराज सिलवालले र स्वागत मन्तव्य सदस्य हरि भुषालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो