अन्जान परियार । दमौली, चैत ३१
कपडा तथा सिलाई ब्यवसायी संघ तनहुँ जिल्लाको दोस्रो अधिवेशन बाट अध्यक्षमा राजेन्द्र कुमार परियार सर्वसम्मत चयन भएका छन् । शनिवार दमौलिमा सम्पन्न कार्यक्रम बाट परियारको नेत्तृत्वमा १३ सदस्यीय कार्यसमिती गठन गरेको हो । समितिको उपाध्यक्षमा रमेस सेवा, सचिब दिनेश घले, सह सचिब अन्जान परियार र कोषाध्यक्षमा बसन्ती श्रेष्ठ चयन भएका हुन् ।



नवनिर्वाचित अध्यक्ष राजेन्द्रकुमार परियारले सबै किसिमका चुनौतीको सामना गरी तनहुँ जिल्लाका कपडा तथा सिलाई व्यवसायीहरूको हकहितमा काम गर्ने प्रतिबद्धता गरे । संस्थाका निवर्तमान अध्यक्ष राम बहादुर गुइदेलको अध्यक्षतामा गरिएको सो कार्यक्रमको नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राम कृष्ण श्रेष्ठले उद्घाटन गरेका थिए । महासंघले व्यवसायी सदस्यहरूको व्यक्तित्व विकास तथा व्यवसाय आधुनिकीकरण सम्बन्धी प्रशिक्षण दिने श्रेष्ठले बताए । साथै कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला शाखा हरुलाई स्थानीय तह सँग समन्वय गरेर सिपमूलक कार्यक्रम गर्न सुझाव दिए ।
यसैगरी महासंघका स्थायी समिति सदस्य किसान सेवाले ब्यवसायी संघमा आबद्द भइ संस्थाको नियम भित्र रहेर ब्यवसाय सञ्चालन गर्न सबैलाई अपिल गर्दै सबैभन्दा सम्मानित पेशाको रुपमा स्थापित गर्नुपर्ने बताए। कार्यक्रममा महासंघका विशिष्ट सदस्य नरेन्द्र मित्रकोटी, महिला उद्यमी गण्डकी प्रदेश संयोजक ममता बस्याल, जिल्ला संयोजक बसन्ती श्रेष्ठ र सीप विकास समिति तनहुँका संयोजक रमेस सेवाले मन्तव्य राखेका थिए ।
सो कार्यक्रमको अवसरमा संस्थाको गतिविधिलाई सञ्चार माध्यममा सम्प्रेषण गर्न भूमिका निर्वाह गरेकोमा पत्रकार अन्जान परियारलाई महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले सम्मान पत्र दिई सम्मान गरेका थिए । यसैगरी संस्थापक अध्यक्ष भेगराम परियार र निवर्तमान अध्यक्ष हरि बहादुर परियार लाई पनि सम्मान गरिएको थियो । सो कार्यक्रम सन्चालन मन बहादुर दर्जीले गरेका थिए भने स्वागत मन्तब्य राजेन्द्र कुमार परियारले गरेका थिए ।












