बन्दीपुर अस्पतालमा अवदेखी ३६५ दिन नै सेवा

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १

बिहान ७ देखी बेलुकी ८ बजेसम्म निशुल्क ओपिडी सेवा सन्चालन हुने

बन्दीपुर गाउँपालिकाद्वारा सन्चालित बन्दीपुर अस्पतालमा अवदेखी ३६५ दिन नै सेवा उपलब्ध हुने भएको छ । बन्दीपुर गाउँपालिकाले नयाँ वर्ष २०८२ को पहिलो दिन बैशाख १ गते सुचना प्रकाशन गरि बन्दीपुर अस्पतालको सेवा अवदेखी ३६५ दिन नै सन्चालन हुने जानकारी दिएको छ ।

नेपाल सरकारको आ.ब.२०८०÷०८१ को बार्षिक नीति तथा कार्यक्रमको बुंदा नम्बर १३५ मा उल्लेखित ‘बहिरंग सेवा बिहान ८ बजे देखि वेलुकी ८ बजे सम्म अनिवार्य सन्चालन हुने व्यवस्था मिलाईनेछ’ भन्ने नीति अनुसार सार्वजानिक बिदाको दिनमा समेत ओपिडी सेवा सन्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै नेपाल सरकारको आ.ब.२०८१÷०८२ को बार्षिक नीति तथा कार्यक्रमको बुँदा नम्बर १५६ अनुसार ‘अस्पतालहरुमा दुई शिफ्ट ओपिडी सेवा संचालन गरिनेछ’ भन्ने नीति तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गत भदौ ७ गतेको ‘स्वास्थ्य सम्बन्धि सेवा प्रवाह सम्बन्धमा पत्रानुसार सार्वजनिक विदाका दिनमा समेत बहिरंग (ओपिडी) स्वास्थ्य सेवा प्रबाहको लागि व्यवस्था गर्नु भनि भएको परिपत्र तथा सोहि व्यहोराका गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयहरुद्वारा क्रमशः भदौ ११ र भदौ १८ गते भएका परिपत्रहरुलाई तथा सेवाग्राहीहरुको आवश्यकतालाई समेतलाई मध्यनजर गर्दै बन्दीपुर अस्पताल कार्यसन्चालन समितिको मिति गत चैत २७ गतेको बैठक निर्णय अनुसार बैशाख १ गतेदेखी ३६५ दिनै (शनिबार र सार्वजनिक बिदाका दिनमा समेत) बिहान ७ः०० बजे देखि बेलुकी ८ः०० बजे सम्म निशुल्क ओपिडी सेवा सन्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा र उपाध्यक्ष पन्चमाया गुरुङ्गद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा जनाईएको छ ।

यसैगरि बन्दीपुर अस्पतालले पनि सोमबार सुचना प्रकाशित गरि अस्पतालको सेवा ३६५ दिनै सन्चालन हुने जनाएको छ । अस्पतालका मेसु डा.अनिल गिरी प्रकाशित सुचनामा बन्दीपुर अस्पताल कार्यसन्चालन समितिको गत चैत २७ गतेको बैठक निर्णय नम्बर ३८ द्वारा प्रस्तावित गत चैत ३० गतेको बन्दीपुर गाउँपालिका गाउँ कार्यपालिकाको निर्णय अनुसार बन्दीपुर अस्पतालमा मिति २०८२ बैशाख १ देखि ३६५ दिनै (शनिबार र सार्बजनिक बिदाका दिनमा समेत) बिहान ७ः०० बजे देखि बेलुकी ८ः०० बजे सम्म निशुल्क ओपिडी सेवा सन्चालन हुने जनाईको छ ।

उक्त विस्तारित समयको सेवा लिन आउँदा कुनै पनि थप÷अतिरिक्त शुल्क नलाग्ने तथा स्वास्थ्य विमितहरुलाई सेवा विस्तारित समयमा समेत स्वास्थ्य विमा मार्फत नै सेवा उपलब्ध गरिने अस्पतालले जनाएको छ ।

सार्वजानिक बिदाको दिनमा समेत अस्पतालको ओपिडि सेवा सन्चालन गर्दा कर्मचारी वर्ग सबै, विद्यार्थी वर्ग, ज्याला मजदुरी गर्ने वर्ग व्यापार÷व्यबसायी वर्गका नागरिकले विशेष लाभ लिन पाउने अस्पतालले अपेक्षा गरेको छ ।

दैनिक १३ घण्टा ओपिडी समय हुने हुँदा चिकित्सक र सेवाग्राहीहरु वीचको परामर्श सेवामा यथेस्ट समय मिल्ने, बिहानै खालि पेटमा रगत परिक्षण गर्नुपर्ने सबै सेवाग्राहीहरुलाई थप सहज÷लाभ हुने, शनिबार र सार्बजनिक बिदामा पनि सन्चालन हुने हुँदा विशेष सुबिधा÷राहत हुने, बिहान र बेलुकीको समयमा अन्य तोकिएका नियमित स्वास्थ्य सेवाहरु समेत लिन सकिने÷मिल्ने, कुनै बिशेष कारण रिफर हुन पर्ने भएमा पनि समय मै रिफर भई जान मिल्ने÷पाईने तथा गृहिणी तथा सुत्केरीहरुलाई थप सहज हुने अस्पतालले अपेक्षा गरेको छ ।

सेवा विस्तारद्वारा अस्पतालले नयाँ सेवा वा धेरै सेवा भन्दा पनि उपलब्ध भएका स्वास्थ्य सेवाहरु सेवाग्राहीहरुको अनुकुल समयमा उपलब्ध गर्ने प्रतिबद्धता रहेकाजनाएको छ । यसर्थ सेवाग्राहीहरुले पनि सोहि अनुसार राय सल्लाह सुझाब एवम् प्रतिक्रिया दिन समेत बन्दीपुर अस्पतालले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय