बोलेरो र स्कुटर एक आपसमा ठक्कर खादा एक जनाको मृत्यु, एक जना घाईते

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ३

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४, डम्पिङ्गमा तरकारी बोक्ने गाडी र स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाईते भएका छन् ।

आँबुखैरेनीबाट मग्लिङ्ग तर्फ जादै गरेको ना. ४ च. ८३८० नम्बरको गाडी र मुग्लिङ्गबाट आँबुखैरेनी तर्फ आउँदै गरेको ग. १६ प. १५७० नम्बरको स्कुटर दुर्घटना एक आपसमा ठक्कर खाँदा स्कुटरमा सवार आँबुखैरेनी –३, का २० बर्षका रुपेश गुरुङ्ग(गेन्जी)को चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

स्कुटर पछाडी सवार आँबुखैरेनी –३, का १९ वर्षका रोहन मगर घाईते भएका छन । उनको बाँया खुट्टामा चोट लागेको र चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले