बेवारिसे लास सनाखतकोलागि सहयोग गर्न तनहुँ प्रहरीको अनुरोध

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २३

तनहुँ प्रहरीले बेवारिसे लास सनाखतकोलागि सहयोग गर्न अनुरोध गरेको छ ।

गत बैशाख १९ गते राती दमौली अस्पतालमा मृत्यु भएका खैरो रंङको ज्याकेट, निलो रङको पाईन्ट लगाएको, उचाई ५ फिट ६ इन्च भएको अन्दाजी ४०÷४५ वर्ष को जस्तो देखिने पुरुष ब्यक्तिको लाशको कसैले चिन्नु भएको भए जिल्ला प्रहरी कार्यालय, तनहुँ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्नुहुन तनहुँ प्रहरीले अनुरोध गरेको छ ।

गत २०८२ बैशाख १९ गते ब्यास नपा वडा नम्बर ४ जलदेवि टोल स्थित सडक छेउमा नाम, थर, वतन नखलेको अन्दाजी ४०÷४५ वर्षको पुरुष ब्यक्ति बिरामी भई बेवारिसे अवस्थामा फेला पारी निजलाई तत्काल उद्धार गरी उपचारको लागि प्रदेश अस्पताल दमौली पठाईएकोमा उपचारको क्रममा सोही दिन राती मृत्यु भएको हुँदा सो घटनाको सम्बन्धमा प्रारम्भिक अनुसन्धानको सम्पन्न गरी शव पोष्टमार्टमको लागि प्रदेश अस्पताल दमौली, तनहुँको शव गृहमा राखिएको र हालसम्म पनि उक्त शवको सनाखत हुन नसकेकोले उक्त शव सनाखतकोलागि तनहुँ प्रहरीले अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि