नीति तथा कार्यक्रमले विकासको संस्कृति बदल्ने संकल्प लिएको छः मुख्य सचेतक न्यौपाने

Devghat Online

शेयर गरौ

काठमाडौं । बैशाख २३

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का राष्ट्रिय सभा दलकी मुख्य सचेतक भगवती न्यौपानेले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रमले विकासको संस्कृति बदल्ने संकल्प लिएको बताएकी छिन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले प्रस्तुत नीति कार्यक्रम वितगका भन्दा वैज्ञानिक, यथार्थ धरातलमा टेकेको र सान्दर्भिक रहेकाले विरोध गर्नुपर्ने कारण नरहेको बताइन् ।

‘यथास्थितिबाट जनतालाई समृद्ध र सुखी बनाउन सक्दैनौँ, त्यसैले हामीले अङ्गाल्दै आएको विकासको ढाँचामा कमजोरी भएको विषयलाई नीति तथा कार्यक्रमले आत्मसात् गरेको छ’, नीति तथा कार्यक्रमको स्वागत र समर्थन गर्दै मुख्य सचेतक न्यौपानेले भनिन्, ‘संघका १८ हजार आयोजनामध्ये कतिपय आयोजना अलपत्र र अनावश्यक छन्, त्यसकारण सोचेजस्तो विकास हुन सकेको छैन, अब विकासको मोडल परिवर्तन गर्नुपर्छ भन्ने कुरालाई पहिलोपटक नीति कार्यक्रमले आत्मसात् गरेको छ ।’

यसअघिका नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठाएका विषयलाई सम्बोधन हुनेगरी नीति कार्यक्रम आएको उनको भनाइ छ । ‘नीति कार्यक्रममा कार्यान्वयन गर्न सकिने विषय मात्रै समावेश गरिएको छ’, उनले भनिन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र पुनरुत्थानवादको प्रतिवाद गर्ने, संविधानको रक्षा, संशोधन र कार्यान्वयन, राजनीतिक स्थायित्वलगायत विषय नीति कार्यक्रमका सकारात्मक पक्ष भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता