देवघाटका गाई भैंसीमा भिडियो एक्सरेद्वारा बाझोँपन परिक्षण

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख २९

देवघाट गाउँपालिकाको आयोजनामा आएतबार गाई भैंसीलाई भिडियो एक्सरेको माध्यमबाट बाँझोपन परिक्षण गरिएको छ । वडा नम्बर ५ को गौरीटारमा भएको उक्त कार्यक्रममा भिडियो एक्सरेको माध्यमबाट गाई र भैंसीमा देखिने बाँझोपनको कारणको परिक्षण गरिएको थियो । उक्त शिविरमा रामपुर कृषि क्याम्पस चितवनका पशु चिकित्सकहरुले भिडियो एक्सरेको माध्यमबाट गाई र भैंसीमा हुने बाँझोपनको बारेमा परिक्षण गरिएका थिए ।

गाई र भैसीमा हुने प्रजनन समस्या सम्बन्धी समस्या समाधान गर्नको लागि उक्त शिविर आयोजना गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । पशुमा हुने बाँझोपनको समस्याको कारण कृषकहरु मारमा परेको भन्दै अध्यक्ष थापाले कृषकहरुकै माग बमोजिम देवघाटमा पहिलो पटक उक्त शिविर आयोजना गरिएको बताए । शिविरबाट के कारणले पशुमा गर्भधारण नभएको हो भन्ने बारेमा समस्या पहिचान हुने र समाधानको लागि पनि चिकित्सकहरुले उपाय दिने अध्यक्ष थापाले बताए ।

गाउँपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखाका पशु चिकित्सक प्रदिप सापकोटाले देवघाट गाउँपालिका आर्थिक वर्ष २०८१÷०८२ को पशुपन्छी तथा मत्स्य बिकास शाखा अन्तर्गतको बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत बाँझोपन निवारण परिक्षण शिविर आयोजना गरिएको बताए । पहिलो चरणमा वडा नम्बर ५ भित्रका गाई भैंसीको बाझोपन सम्बन्धी समस्या समाधानका लागी भिडियो एक्सरेद्वारा परिक्षण गरिएको भन्दै उनले क्रमशः अन्य वडामा पनि यस्तै शिविर आयोजना गर्ने बताए ।

भिडियो एक्सरे मार्फत बाँझोपनको समस्या पत्ता लगाउने र समस्या निदानको लागि काम गर्ने भन्दै पशु चिकित्सक सापकोटाले पशुहरुमा समयमा बाली नजाने, बच्चा खेर जाने समस्याबाट कृषकहरु आजित भएको र सोही समस्या समाधान गर्न शिविर आयोजना गरिएको बताए ।

कृषकहरुले उक्त शिविरहरुले आफुहरुलाई निकै फाईदा भएको बताए । गाई भैंसीमा देखिने बाँझोपनको समस्याको कारण पशुपालनमा गरिएको लगानी खेर गईरहेको अवस्थामा अहिले बाँझोपनको परिक्षण पश्चात समस्याको पहिचान भई समस्या समाधानकोलागि समेत सहयोग पुगेको कृषकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता