एमाले देवघाट वडा कमिटिद्वारा वडा कार्यालय समक्ष विभिन्न माग पेश

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, जेठ ५

नेकपा एमाले देवघाट गाउँपालिका वडा नम्बर ५ वडा कमिटिले देवघाट गाउँपालिका वडा नम्बर ५ समक्ष विभिन्न माग पेश गरेको छ । वडा कमिटिका अध्यक्ष विकास ढकालले सोमबार वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर समक्ष आगामी आर्थिक वर्षमा कार्यान्वयनको लागि विभिन्न माग पेश गरेका हुन् ।

एमाले वडा कमिटिले खानेपानी तर्फ हालसम्म विपन्न उपभोक्तालाई निशुल्क खानेपानी जडान गर्न र आवदेन परेका मध्ये ५० प्रतिशत उपभोक्तालाई बगन्दी खानेपानी र ५० प्रतिशतलाई १७ किलो खानेपानीसँग सहकार्य गर्न तथा उक्त पानीले पनि अपुग भएमा वैकल्पिक व्यवस्था गरी प्रत्येक घरधुरीमा खानेपानी धारा जडान गर्न माग गरेको छ ।

यसैगरि सिंचाई तर्फ वडा नम्बर ५ लाई चारैतीर नदिले घेरेको हुनाले माथिल्लो कालीमाटी, तल्लो कालीमाटी, पुरानोटोल पिपलटार, तालबारी, झारखानी, गौरीटार, भुवनटार, दोभान, रातामाटे, क्यूदी, धिनाटार, स्याउली बजार, इलाका प्रहरी कार्यालय क्षेत्र, नयाँबस्ती क्षत्रीटोल, सेतीभतेरी, पुरानो गाउँपालीका क्षेत्र, टाउनचोक, मातापिता आश्रम क्षेत्र, देवपुर, साउने, क्वादी, साडेबगर, लगायत छुटेका सबै क्षेत्रमा त्रिशुली र कालीगन्डकीको पानी लिफ्ट गरी सिंचाई सुविधा उपलब्ध गराई कृषि तरकारी, खेती मार्फत वडा नम्बर ५ बासीलाई समृद्ध बनाउने र युवाहरुलाई विदेश पलायन हुनवाट रोक्ने कार्यक्रम ल्याउन माग गरिएको छ ।

त्यस्तै सड़क तर्फ सबै भित्री बाटाहरुलाई स्थानीयसँंगको सहकार्यमा गाउँपालिकाले ट्याक्टर, सिमेन्ट, छड जस्ता सामाग्री खरीद गर्ने र ढुङ्गागीटी, बालुवा, टोलको सक्रियतामा बगरकै घाटवाट ढुंगा ल्याएर ढलान बाटो निर्माण गर्न टोल टोललाई तालिका बनाएर काम गराउन माग गरिएको छ ।

त्यसैगरि शिक्षा तर्फ वडा नम्बर ५ का सबै विद्यालयहरुलाई अनिवार्य अंग्रेजी र एउटा विषय संस्कृत माध्यममा पठनपाठन गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने र ५ नम्बर वडाका सामुदायिक विद्यालयका एसईई नतिजामा उत्कृष्ट विधार्थी मध्ये १० जनालाई इन्जिनियरिङ, कृषि, नर्सिङ, एचए, फार्मेसी लगायतको प्रविधिक शिक्षाका लागी छात्रवती प्रदान गरी पढाउने व्यवस्था मिलाउन माग गरिएको छ ।

खेलकुद तर्फ प्रत्येक टोललाई सामुदायिक वनसँग सहकार्य गरी एउटा खेलमैदान निर्माण गरि त्यसमा फुटबल, भलिवल लगायतका खेलकुद सन्चालन गर्न पुग्ने गरी जग्गा छुट्याई काम अगाडी बढाउन माग गरिएको छ । तस्तै धार्मिक पर्यटन तर्फ दासढुङ्गा देखी वेणी हुँदै साढेबगरसम्म त्रिशूली र कालीगण्डकी झर्ने पैदल मार्ग निर्माण गर्ने काम गर्ने तथा बाटो छेउमा रहेका सार्वजनिक ठाउँहरुमा चौताराहरू, धाराहरू तथा सार्वजनिक शौचालयहरु निर्माण गर्नको लागि ठाउँ उपलब्ध गराइदिने र बनाउन इच्छुकलाई बनाउने बातावरण सिर्जना गर्न माग गरिएको छ ।

त्यस्तै कृषि तर्फ स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, भएकालाई उत्पादनमूलक बनाउने, समुहगत खेतीपाती गर्ने, आमा समुहहरुलाई विशेष महत्व दिने तथा प्रत्येक टोल विकास संस्थामा ५० धुरीसम्मलाई एउटा र ५०–१०० घरधुरी सम्मलाई २ वटा कृषि सहकारी दर्ता गराउने र सोहि सहकारीले दैनिक उपभोग्य सामाग्री उपलव्ध गराउने र स्थानीय स्तरमा उत्पादन हुने सम्पूर्ण खाद्य सामग्री सुपथ मूल्यमा खरिद गरि विचौलिया गतिविधिको अन्त्य गर्न माग गरिएको छ । त्यस्तै गरि पशुपालन गर्ने व्यक्ति वा फर्महरुलाई प्रोत्साहन गर्ने र अनुदान दिने, असली कृषक पहिचान गरि कृषि सम्बन्धी विभिन्न सेवा सुबिधा दिन पनि माग गरिएको छ ।

विद्युत तर्फ हालसम्म विस्तार हुन नसकेको ठाउँमा विद्युत पोल विस्तार गर्ने र एकपटक बस्ती भएका सबै पोलहरुमा सडक बत्ति जडान गरी उपभोक्तालाई हस्तान्तरण गर्न तथा स्वास्थ्य तर्फ निर्माणाधिन १० शैयाको देवघाट अस्पताललाई यथाशिघ्र निर्माण सम्पन्न गरि सन्चालन गर्न माग गरिएको छ ।
त्यसैगरि भूमीहिन दलित तथा अल्पसंख्यक बोटे, भुजेल, चेपाङ लगायतका वडा भित्र बसोबास गर्ने भूमीहिनहरुलाई यथाशिघ्र लालपूर्जा वितरण गर्ने तथा अव्यवस्थितको हकमा उनीहरुले आमोद कमोद गर्दै आएको ऐलानी जग्गालाई अत्यन्तै न्यून राजश्व लिई लालपूर्जा वितरण गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न माग गरिएको छ ।

राममन्दिर जग्गा सम्बन्धमा विगत लामो समयदेखि उक्त गुठीको जग्गामा घरटहरा बनाएर बसेका वासिन्दाहरुलाई गाउँपालिकाले जग्गा उपलब्ध गराइ घर निर्माणमा सहजिकरण गर्न तथा खेतीपाती गरेकाहरुको हकमा उनीहरुको जायज मागलाई सम्बोधन गरी यथाशिघ्र व्यवस्थापन गर्न र यस विषयमा राम मन्दिर सन्चालक समितिसँग सम्बाद गरी समस्यालाई समाधान गर्न माग गरिएको छ ।

त्यस्तै बाँदर नियन्त्रण समस्या समाधानका लागि सीता गुफादेखि मणिमुकुन्देश्वर पार्क हुँदै ओशी आश्रमसम्मको तटीय क्षेत्रलाई बाँदर चिडियाखानाको रुपमा विकास गर्न तथा सो परिसरमा विभिन्न फलफूलका बोटहरुको वृक्षारोपण गर्ने र हाललाई भरतपुर फलफूल तथा तरकारी मण्डी र देवघाट क्षेत्र विकास समितिसँग समन्वय गरी बाँदरहरुलाई दैनिक भोजन गराउने व्यवस्था मिलाई बाँदर आतंकको न्यूनिकरण गर्न माग गरिएको छ ।

हरेक टोलमा बन्ने स्पोर्टस् पार्कमा निःशुल्क वाईफाई सुविधा उपलब्ध गराई सोहि पार्कमा ई–लाईब्रेरीको निर्माण गरी सन्चालन गराउन र वडा नम्बर ५ भित्र साँढेबगर देखि कालिमाटी सम्मको क्षेत्रलाई चक्रपथको अवधारणा ल्याई स्थानीयलाई आन्तरीक यात्रा गर्न स्मार्ट इ–बस सेवा निःशुल्क प्रदान गर्न नेकपा एमाले देवघाट वडा नम्बर ५ ले वडा कार्यालय समक्ष माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र